दालचीनीको प्रयोगबाट डायबिटीजलाई नियन्त्रण गर्ने सरल घरेलु उपाय

एजेन्सी – मधुमेह वा डायबिटीज खतरनाक रोग हो । यस रोगको उपचारको लागि दालचीनी निकै नै फाईदाजनक छ । दालचीनीको नियमित सेवनले मधुमेहबाट बच्न सकिन्छ । दालचीनीले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।

सेवन विधि

१) सबैभन्दा पहिला एक कप पानीमा दालचीनीको धुलोलाई हाल्नुहोस् । त्यसपछि यस पानीलाई उमालेर पिउनुहोस् । दालचीनीको धुलोलाई तपाईंले दुधमा हालेर पनि पिउन सक्नुहुन्छ । यस पानीलाई हरेक बिहान सेवन गर्नाले मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

२) दालचीनीलाई पिसेर थोरै चियामा हालेर पनि पिउन सक्नुहुन्छ । यस चियालाई दिनमा दुईपटक पिउनाले पनि मधुमेह नियन्त्रण हुन्छ ।

३) दिनहुँ तीन ग्राम दालचीनीको प्रयोग गर्नाले रगतमा ग्लुकोजको मात्रा कम हुन्छ ।

सावधानी 

दालचीनीको अधिक मात्राको सेवनले स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले थोरै मात्रामा दिनहुँ सेवन गर्नुहोस् ।


नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र -पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७३१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्थायी रुपमा अनुहारको रौं हटाउने सरल उपाय (भिडियो सहित)