कपाललाई झर्न रोकी द्रुत गतिमा बढाउने सजिलो घरेलु उपाय

कपाल झर्ने समस्याबाट छुट्कारा पाउनको लागि तपाईंले घरेलु सरल उपायलाई अपनाउन सक्नुहुन्छ । यसबाट तपाईंको कपाल द्रुत गतिमा बढ्नुको साथै बाक्लो र आर्कषक देखिन्छ ।

घ्युकुमारी

४ चम्चा घ्युकुमारीको रसले कपालमा राम्ररी मसाज गर्नुहोस् । १ घण्टासम्म त्यसै राख्नुहोस् । र १ घण्टापछि सफा पानीले कपाललाई पखाल्नुहोस् ।

नरिवलको तेल

नियमित रुपमा नरिवलको तेलले टाउकोमा मसाज गर्नुहोस् । रातभरि त्यसै छोड्नुभई बिहान कपाल धुनुहोस् ।

मेथी

मेथीलाई रातभरि भिजाएर राख्नुहोस् । त्यसपछि मेथीलाई बिहान पिस्नुहोस् । १ चम्चा मेथीसँग २ चम्चा नरिवलको तेललाई मिसाउनुहोस् । ३० मिनेटसम्म त्यसै राख्नुहोस् । यसपछि कपाललाई पखाल्नुहोस् । यसको प्रयोग हप्तामा ३ पटक गर्नुहोस् ।

प्याज
प्याजको रसलाई कपालमा मसाज गर्नुहोस् । १५ मिनेटसम्म त्यसै राख्नुहोस् र यसपछि कपाल धुनुहोस् ।

हेयर प्याक
२ चम्चा एप्पल सिडार भिनेगारमा १ वटा अण्डा ,आधा कप पानी र २ चम्चा घ्युकुमारीको रसलाई मिसाउनुहोस् । त्यसपछि यस हेयर प्याकलाई आफ्नो टाउकोमा राम्ररी लगाउनुहोस् । यसलाई ४५ मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि कपाल पखाल्नुहोस् । हप्तामा एकपटक यस्को प्रयोग गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७३१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दालचीनीको प्रयोगबाट डायबिटीजलाई नियन्त्रण गर्ने सरल घरेलु उपाय