एउटा गोलभेडाको प्रयोग गरी ३० मिनेटमै छालालाई आर्कषक बनाउने निकै सरल विधि

ऐजेन्सी – एउटा मात्र सामग्री गोलभेडाको प्रयोग गरी तपाईंले आफ्नो छालालाई गोरो तथा आर्कषक बनाउन सक्नुहुन्छ । यस उपायको लागि तपाईंले निकै सरल २ वटा चरणहरुलाई अपनाउनुपर्ने हुन्छ ।

पहिलो चरण 

१ वटा गोलभेडालाई आधा हुनेगरी काट्नुहोस् । यसपछि आधा गोलभेडाको रसलाई निचोरेर निकाल्नुहोस् । त्यसपछि यस रसमा १ चम्चा नुनलाई मिसाउनुहोस् । त्यसपछि यसलाई अनुहारमा दल्नुहोस् । र १० मिनेटको लागि त्यसै छोड्नुहोस् । १० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

दोस्रो चरण

अर्को आधा गोलभेडाको रसलाई निकाल्नुहोस् । यस रसलाई चामलको पिठोसँग मिसाउनुहोस् । त्यसपछि यस पेस्टलाई छालामा लगाउनुहोस् । २० मिनेटसम्म त्यसै छोड्नुहोस् । २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाललाई झर्न रोकी द्रुत गतिमा बढाउने सजिलो घरेलु उपाय