भिटामिन ई औषधिको प्रयोग छाला र कपाललाई आर्कषक बनाउनको लागि उत्कृष्ट (भिडियो)

ऐजेन्सी – भिटामिन ई औषधि हाम्रो छाला र कपालको लागि एकदमै उपयोगी छ । यसको प्रयोग तपाइले आफ्नो कपाल र छालालाई आर्कषक बनाउनको लागि गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला ३–४ चम्चा घ्युकुमारीको रस लिनुहोस् । यसमा २ वटा भिटामिन ई को तेललाई राम्ररी मिसाउनुहोस् । यसरी तयार भएको पेस्टलाई तपाइले निम्नानुसार प्रयोग गर्न सक्नुहुन्छ ।

१) हेयर कन्डिशनर
यस पेस्टको २ चम्चा एउटा कचौरामा हाल्नुहोस् । त्यसपछि १ चम्चा ग्लिसरीनलाई यसमा राम्ररी मिसाउनुहोस् । अब यसलाई हेयर कन्डिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

२) स्किन मास्क
आधा चम्चा माथि तयार गरिएको पेस्टलाई लिनुहोस् । त्यसमा आधा चम्चा गुलाबजललाई राम्रोसँग मिसाउनुहोस् । त्यसपछि यसलाई सनस्क्रिनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

३) लिप प्रोटेक्टर
आधा चम्चा माथिको पेस्टमा १\४ चम्चा महलाई राम्ररी मिसाउनुहोस् । यसलाई राति सुत्नुभन्दा अगाडि आफ्नो ओंठमा लगाउनुहोस् । रातभरी लगाएर त्यसै छोड्नुहोस् र बिहान मुख धुनुहोस् ।

४) अनुहारको कालो दाग हटाउन
यस पेस्टलाई अनुहारको दागमा लगाउनुहोस् । रातभरि त्यसै छोडि बिहान मुख धुनुहोस् ।

५) राति प्रयोग गर्ने क्रिमको रुपमा
माथिको पेस्ट र फेस मोइस्चराईजरलाई बराबर मात्रामा लिनुहोस् । त्यसपछि यसलाई राम्ररी मिसाई रातिको क्रिमको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् >>>

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूरुषको वीर्यमा स्वस्थ शुक्राणुलाई बढाउने अत्यन्तै सरल उपाय