भोक नलाग्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने यसो गर्नुस् तुरुन्तै निको हुन्छ

एजेन्सी – आयुर्वेदिक उपचार प्राचीन चिकित्सा प्रणाली हो । जस्ले मानिसलाई प्राकृतिक साधनको माध्यमबाट स्वस्थ र निरोगी रहनमा जोड दिन्छ । भोक नलाग्ने समस्यालाई विभिन्न रोगहरुको लक्षणको रुपमा मानिन्छ । कमजोर पाचन प्रणाली , कमलपित्त रोग , तनाब , अनिन्द्रा आदि कारणले गर्दा मानिसलाई भोक नलाग्ने समस्या हुने गर्छ ।

भोक नलाग्ने समस्याबाट बच्ने उपायहरु

१) भोजन गर्नुभन्दा आधा घण्टा अगाडि अदुवाको सस बनाई त्यसमा थोरै बीरेनुन हालेर खानाले भोक नलाग्ने समस्याबाट छुट्कारा मिल्छ ।

२) भोजनका समयमा मुलामा थोरै नुन र मरिचको धुलोलाई हालेर खानाले खानाको अरुचि नष्ट हुने गर्छ ।

३) भोजनमा कागती , नुन र मरिच खानाले पनि भोक नलाग्ने समस्या हुदैंन ।

४) धनियाँ , अलैंची र मरिचलाई समान मात्रामा पिसेर त्यसमा चौथाई चम्चा घीउ र चीनीलाई मिसाउनुहोस् । त्यसपछि यसलाई भोजन अघि खानुहोस् । यसबाट पनि खानाप्रतिको अरुचि हट्छ ।

५) एक गिलास पानीमा ३ ग्राम पुदिना , स्वादनुसार जीरा , हिंग , मरिच , थोरै नुुन हालेर पानीलाई तताएर पिउनाले पनि भोक नलाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७३१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालो अनुहारलाई २० मिनेटमै गोरो बनाउने सजिलो उपाय