भिजेको कपालसँग सुत्ने बानीले हुने गम्भिर असरहरु

भिजेको कपालसँग सुत्ने बानीले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याउंछ । नुहाउनासाथ सुत्ने बानीले विभिन्न रोगहरुलाई पनि निम्त्याउँछ । यसबाट स्वास्थ्यमा हुने ६ बेफाईदाहरु यसप्रकार छन् ।

१) टाउको दुख्नु
भिजेको कपालसँग सुत्नाले तपाईंलाई टाउको दुख्ने समस्या हुन्छ । किनकी तपाई सुतिरहेको समयमा जिउको तापक्रम बढ्छ । र भिजेको कपालमा रुमालले बेरेकोे भाग चिसो हुने हुन्छ । तापक्रममा हुने भिन्नताका कारण तपाईंलाई टाउको दुख्ने समस्या हुन्छ ।

२) कपाल टाँसिनु र टुक्रिनु
भिजेको कपाल टाँसिन्छ । जसले गर्दा  कपाल टुक्रिने समस्या हुन्छ । यसबाट तपाईको कपाल फुस्रो तथा नराम्रो देखिन्छ ।

३) संक्रमण
शरीरको पसिना , तेल आदिलाई सोस्ने हुँदा सिरानीमा विभिन्न किसीमका जिवाणुहरु हुन्छन् । भिजेको कपालले जिवाणुहरुको विकास गर्छ । जस्ले गर्दा संक्रमण हुने धेरै सम्भावना रहन्छ ।

४) चिल्लाउनु
भिजेको कपालसँग सुत्नाले टाउको चिल्लाउने समस्या हुन्छ । यसो हुनुको कारण तपाईंको टाउकोको छाला चिसो हुनु हो ।

६) मांसपेशी दुख्नु
तापक्रममा हुने भिन्नताका कारण मांसपेशी दुख्ने समस्या हुन्छ । यसका साथै यसले गर्दा पक्षाघात जस्तो रोग हुने सम्भावना पनि रहन्छ ।

यदि तपाईं यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने, भिजेको कपाललाई सुकाएर मात्र सुत्ने बानी गर्नुस् । सकेसम्म दिउँसो नुहाउनुहोस् । यस्ता कुरामा ध्यान पुर्याउन सकेमा मात्र तपाई सधैं स्वस्थ रहन सक्नुहुन्छ ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७३१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आयुर्वेदिक उपचारबाट पूरुषको लिंगको साइज बढाउने निकै सरल उपाय