मात्र ५ कागतीको प्रयोग गरी शरीरको बोसो छिट्टै हटाउने उपाय

एजेन्सी – शरीरको बोसो छिट्टै हटाउने निकै सरल उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको लागि तपार्इंलाई ५ कागतीको आवश्यकता पर्छ । यसलाई प्रयोग गर्ने विधि निकै नै सरल छ ।

आवश्यक सामाग्रीहरु

१) ५ वटा कागती
२) १ लिटर पानी

बनाउने विधि

सबैभन्दा पहिला ५ वटा कागतीलाई आधा टुक्रामा काट्नुहोस् । त्यसपछि तपाईंसँग भएको १० वटा कागतीको आधा भागलाई निचोरेर एउटा भाँडामा हाल्नुहोस् । यसपछि तपाईंसँग कागतीको बोक्रा बाँकी रहन्छ । १ लिटर पानीलाई एउटा भाँडोमा हाली तताउनुहोस् । यसमा कागतीको बोक्रालाई हाल्नुभई १० मिनेटसम्म उमाल्नुहोस् । यस पानीलाई एउटा जगमा हाली दिनभरी पिउनुहोस् । यसलाई तपाईंले आफ्नो ईच्छाअनुसार तातो वा चिसो रुपमा पिउन सक्नुहुन्छ । कागतीको बोक्राको स्वाद अलि तितो हुन्छ । त्यसैले यो पानी तपाईंलाई केहि दिनको लागि तितो लाग्न सक्छ । त्यसैले तपार्इंले यसलाई पिउँदा गाह्रो महशुश हुन सक्छ । यसबाट बचनको लागि तपाईंले स्याउको टुक्रालाई खान सक्नुहुन्छ ।

कागतीको बोक्राबाट हुने अन्य फाईदाहरु

कागतीको बोक्राले बोसोलाई हटाउने मात्र नभई विभिन्न किसीमका स्वास्थ्यसम्बन्धि फाईदा पनि पुर्याउँछ । यसबाट हुने फाईदाहरु निम्नानुसार छन् ।

१) यसको प्रयोगले शरीरभित्रको जिवाणुहरु मर्दछ ।
२) क्यान्सर हुने सम्भावनालाई घटाउँछ ।
३) मुखसम्बन्धि तथा हड्डीसम्बन्धि स्वास्थ्यमा सुधार ल्याउँछ ।
४) जीवाणुहरुको संक्रमणबाट बचाउँछ ।
५) अल्सर र ट्युमरबाट बचाउँछ ।

प्रकाशित : बुधबार, फागुन २५, २०७३१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ दिनमै अनुहारलाई सफा र चमकदार बनाउने प्राकृतिक घरेलु उपाय (भिडियो)