कपाललाई द्रुत गतिमा बढाउने निकै सरल उपाय ( भिडियो सहित )

कपालको विकासको गतिलाई द्रुत गतिमा बढाउने राम्रो उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको प्रयोगले आएको परिणामबाट तपाईं आश्चर्यमा पर्नुहुनेछ ।

यस उपायको लागि चाहिने सामाग्रीहरु
१) ३ ठूलो चम्चा दालचीनीको धुलो
२) ६ ठूलो चम्चा मह
३) ६ ठूलो चम्चा जैतूनको तेल

बनाउने तरिका तथा प्रयोग गर्ने विधि

एउटा ताप्केमा जैतूनको तेललाई हालेर तताउनुहोस् । त्यसपछि त्यसमा माथिको बाँकी सामाग्रीहरुलाई हाल्नुभई राम्ररी मिसाउनुहोस् । अलि तातो भएकै बेला यस मिश्रणलाई आफ्नो कपालमा लगाउनुहोस् । त्यसपछि प्लाष्टिकको मद्धतले कपाललाई छोप्नुहोस् । १ घण्टाको लागि त्यसै छोड्नुहोस् । त्यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । तपाईंले यस उपायलाई हप्तामा २–३ पटकसम्म अपनाउन सक्नुहुन्छ । भिडियो हेर्नुहोस >>>

https://youtu.be/JaCuI0g6_m0

प्रकाशित : बुधबार, फागुन २५, २०७३१४:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र ५ कागतीको प्रयोग गरी शरीरको बोसो छिट्टै हटाउने उपाय