२–३ दिनमै मोटोपनबाट छुट्कारा पाउने सरल घरेलु उपाय

एजेन्सी – खानालाई स्वादिष्ट र बास्नादार बनाउनको लागि जीरालाई मसलाको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग हाम्रो स्वास्थ्यको लागि पनि लाभदायक छ । औषधिको रुपमा यसको प्रयोग विभिन्न रोगहरुको लागि पनि गरिन्छ । जीरामा म्यागेनिज , आईरन , म्याग्नेसियम , क्याल्सियम , जिंक र फोस्फोरस प्रचुर मात्रामा पाईन्छ । यसले विशेष रुपमा तौललाई छिटै घटाउनमा मद्धत गर्दछ ।जीरा मोटोपन घटाउनको लागि एकदम उपयोगी छ । जीराले शरीरमा भएको बोसोलाई कम गर्नमा मद्धत गर्छ । जस्को कारणले गर्दा स्वाभाविक रुपमा शरीरको तौल घट्ने हुन्छ ।

जीरालाई मोटोपन घटाउनको लागि प्रयोग गर्ने तरिका

 १) एक ठूलो चम्चा जीरालाई एक गिलास पानीमा रातभरि भिजाएर राख्नुहोस् । विहान यस पानीलाई उमालेर तातो चियाको रुपमा प्रयोग गर्नुहोस् । र बाँकी भएको जीरालाई पनि खानुहोस् । यसलाई दिनहुँ प्रयोग गर्नाले अनावश्यक बोसो शरीरबाट बाहिर निस्किन्छ । तर तपाईंले ध्यान दिनुपर्ने कुरा के छ भने यस जीरा पानीलाई पिइसकेपछि १ घण्टासम्म केही पनि खानु हुदैंन ।

२) भुटेको हिंग , बिरेनुन र जीरालाई समान मात्रामा मिसाई पिसेर धुलो बनाउनुहोस् । त्यसपछि १–३ ग्रामको मात्रालाई दिनको दुई पटक दहिसँग खानुहोस् । यसबाट तपाईंको मोटोपन कम हुन्छ । यसले शरीरको अनावश्यक बोसोलाई हटाउने मात्र नभई रक्त परिचालनमा पनि सुधार ल्याउँछ । यसका साथै कोलेस्ट्रोलको मात्रालाई पनि घटाउँछ ।

ध्यान दिनुपर्ने कुरा
१) यस औषधिको प्रयोग गरेपछि अरु खाद्यपदार्थ नखानुहोस् ।
२) यसको प्रयोग गरिरहेको समयमा धुम्रपान गर्ने , तम्बाकु खाने , मासु खाने गर्नाले औषधिको असर नहुन सक्छ ।     त्यसैले सकेसम्म तपाईंले यस्तो चीजको सेवन गर्नुहुदैंन ।
३) रातिको खाना खाएको २ घण्टापछि मात्र यस औषधिको प्रयोग गर्नुहोस् ।

जीराले हाम्रो पाचन प्रणालीमा सुधार ल्याई शरीरलाई शक्ति प्रदान गर्छ । यसका साथै यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ । यसले हाम्रो पेटसम्बन्धि समस्यालाई पनि हटाउँछ । यसै कारणले गर्दा जीरा हाम्रो स्वास्थ्यको लागि पनि लाभदायक छ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७३१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० मिनेटमै छालालाई चमत्कारिक रुपमा गोरो बनाउने सजिलो उपाय (भिडियो)