होसियार ! क्यान्सर समेत निम्त्याउन सक्ने क्रिमहरु, भुलेर पनि प्रयोग नगर्नुहोला

एजेन्सी – हाम्रो शरीरको सबैभन्दा ठुलो अंग छाला हो | शरीरको रक्त प्रणालीले छालामा प्रयोग हुने सबै चिजलाई  सोस्दछ | छालामा प्रयोग गरिने सौन्दर्य प्रशाधनमा पनि विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिएको हुन्छ | जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्दछ | यसका साथै छालाको क्यान्सर जस्तो खतरनाक रोग पनि लाग्न सक्ने हुन्छ | त्यसैले यस्ता कुराहरुमा हामीले ध्यान पुर्याउन जरुरी छ | आज हामी तपाईलाई यस्ता ४ उत्पादनहरुको बारेमा जानकारी दिन्छौं | जसको प्रयोगले क्यान्सर लाग्न सक्ने सम्भावना रहन्छ |

१) सनस्क्रीन
गर्मी महिनामा मानिसहरुले सुर्यको पराबैजनी किरणबाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्ने गर्दछन | खासगरी महिलाहरुले यसको प्रयोग बढी गर्ने गर्दछन | तर सनस्क्रीनमा विभिन्न किसिमका रसायनहरु मिसाइएको हुन्छ | जस्तै : रेटीनल पाल्मीटेट , अक्सिबेन्जोन | यस्ता रसायनहरुले छालाको क्यान्सरका कारक घाउ तथा ट्युमरलाई बढाउनमा मद्दत गर्दछ |

समाधान : सनस्क्रीनमा लेखिएको कुरा पढेर मात्र यसलाई किनेर प्रयोग गर्नुहोस | प्रायगरी जिन्क सनस्क्रीनको प्रयोग राम्रो हुन्छ | सकेसम्म स्प्रे सनस्क्रीनको प्रयोग नगर्नुहोस | र यस्ता सनस्क्रीनको प्रयोग गर्नुभन्दा पहिला छालाको बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ |

२) मस्कारा
कुनैकुनै मस्कारामा नराम्रो गन्ध आउने गर्दछ | यसो हुनुको कारण विषाक्त रसायनहरुको प्रयोग हो | मस्कारामा प्रायजसो पोलीमर, पेत्रोल्याटम , फोर्मल्दिहाईद , आलुमिनम , रेतिनायल एसीटेट , पाराबेंस , फ्रागरेंस जस्ता रसायनहरु पाइन्छन | जसले वृद्ध हुने प्रक्रियालाई  बढावा दिन्छ |

समाधान : यसको समाधानको लागि तपाइले अर्ग्यानिक मस्काराको प्रयोग गर्न सक्नुहुन्छ | मस्काराको प्रयोग ६ महिनाभन्दा बढी नगर्नुहोस ।

३) टूथपेस्ट

टूथपेस्टमा पोपिलिन ग्लाइकोल , फ्लोराइड जस्ता रंगजनक पदार्थहरु पाइन्छ | जसले गर्दा क्यान्सर हुने सम्भावना रहन्छ |

समाधान : सकेसम्म हर्बल टूथपेस्टहरुको प्रयोग गर्नुहोस |

४) लिपस्टिक

लिपस्टिकमा लीड , फोर्मल्दिहाईद जस्ता बिषादीहरुको प्रयोग गरिन्छ | जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याउदछ |

समाधान : स्वस्थ अर्ग्यानिक लिपिस्टिक प्रयोग गर्नुहोस |

 

प्रकाशित : सोमबार, फागुन २३, २०७३१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२–३ दिनमै मोटोपनबाट छुट्कारा पाउने सरल घरेलु उपाय