१० मिनेटमै हातलाई गोरो तथा नरम बनाउने निकै सरल प्राकृतिक उपाय

एजेन्सी – आज हामी तपाईंलाई हातलाई गोरो तथा नरम बनाउने नयाँ तरिकाको बारेमा जानकारी दिन्छौं । छालालाई स्वस्थ तथा सुन्दर बनाउने यस उपायको प्रयोगले तपाईंको हात पहिलाभन्दा निकै आर्कषक देखिनेछ ।

आवश्यक सामाग्रीहरु
१) पानी
२) ताजा सुन्तला
३) आधा काँक्रो
४) १ चम्चा बेसार
५) भिटामिन ई

विधि
सबैभन्दा पहिला सुन्तला र काँक्रोको बोक्रालाई खुर्काउनुहोस् । त्यसपछि यसलाई राम्ररी पखाल्नुहोस् । यसपश्चात सबै सामाग्रीहरुलाई ब्लेन्डरमा राख्नुहोस् । आवश्यक मात्रामा पानी हालेर पिस्नुहोस् । यसबाट बनेको बाक्लो मिश्रणलाई कपासको मद्धतले हातमा दल्नुुहोस् । यसपछि १० मिनेटसम्म त्यसै राखी मन्तातो पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि हप्ताको २–३ पटक प्रयोग गर्नुुहोस् ।

प्रकाशित : आइतबार, फागुन २२, २०७३१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होसियार ! क्यान्सर समेत निम्त्याउन सक्ने क्रिमहरु, भुलेर पनि प्रयोग नगर्नुहोला