स्वस्थ यौनसम्पर्कको लागि बजारमा आइपुग्यो प्राकृतिक कण्डम

एजेन्सी – आजभोली बजारमा विभिन्न किसीमका कन्डमहरु किन्न पाईन्छन् । तर धेरैजसो कण्डमहरु तथा मेकअप सामाग्रीहरुमा नाइट्रोसिनको प्रयोग गरिएको हुन्छ । यसबाट क्यान्सर हुने सम्भावना रहन्छ । यसैकारणले गर्दा अहिले नाइट्रोसिन मुक्त शाकाहारी कण्डम बजारमा आएको छ ।

सस्टेन नेचुरल ब्राण्ड नामबाट शाकाहारी कण्डम आएको हो । कम्पनीले कुनैपनि जनावरको उत्पादन प्रयोग गर्न नचाहेका शाकाहारीका लागि सस्टेन कण्डमको क्यासिन ल्याएको दाबी गरेको छ । क्यासिन एउटा मिल्क प्रोटिन हो । जस्को प्रयोग अरु ल्याटेक्स कण्डममा पनि हुने गर्छ ।

यसका साथै यो कण्डम पर्यावरण अनुकूल छ । यस कण्डमको प्रयोगपछि हामीले बाहिर फ्याक्दा यसले माटोलाई विषादियुक्त नबनाउने कुरा पनि जानकारीमा आएको छ ।

सस्टेन न्याचुरलका सह–संस्थापक मिका होलन्डरका अनुसार शाकाहारी कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा पाईने रबरबाट बनाईएको हो । उनका अनुसार कण्डमको प्रयोग हाम्रो शरीरको भित्री अंगमा हुने हुँदा कण्डमको उत्पादनमा सचेत हुन जरुरी छ ।

प्रकाशित : आइतबार, फागुन २२, २०७३१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० मिनेटमै हातलाई गोरो तथा नरम बनाउने निकै सरल प्राकृतिक उपाय