घरेलु मास्कको प्रयोग गरी कपाललाई रेशमी (सिल्की) बनाउने विधि (भिडियो सहित)

एजेन्सी – कपाललाई चम्किलो तथा आर्कषक बनाउने विधिहरु धेरै प्रकारका छन् । त्यसमध्येमा आज हामी तपाईंलाई निकै सरल विधिबारे जानकारी दिन्छौं ।

आवश्यक सामाग्री
१) १ वटा अण्डा
२) ४ ठूलो चम्चा दही
३) २ ठूलो चम्चा जैतुन वा नरिवलको तेल
४) १ ठूलो चम्चा कागतीको रस

बनाउने विधि
१) सबैभन्दा पहिला अण्डालाई एउटा सफा कचौरामा हाल्नुहोस् ।
२) यदि तपाईंको कपाल चिल्लो किसीमको छ भने , अण्डाको सेतो भागको प्रयोग गर्नुहोस् ।
३) यदि तपाईंको कपाल सुख्खा किसीमको छ भने, अण्डाको पहेंलो भागको प्रयोग गर्नुहोस् ।
४) यदि तपाईंको कपाल सामान्य किसीमको छ भने , पुरै अण्डाको प्रयोग गर्न सक्नुहुन्छ ।
५) आफ्नो कपालको किसीम हेरेर अण्डालाई फिट्नुहोस् । कपाल धेरै नै लामो छ भने २-३ वटा अण्डाको प्रयोग  गर्नुहोस्।
६) ४ ठूलो चम्चा दहिलाई कचौरामा हाल्नुहोस् । २ चम्चा जैतूनको तेल र १ चम्चा कागतीको रसलाई  हाल्नुहोस्।
७) सबै सामग्रीलाई राम्ररी मिसाउनुभई राम्रो पेस्ट बनाउनुहोस् ।
८) त्यसपछि यस पेस्टलाई आफ्नो कपालको सबै भागमा लगाउनुभई राम्ररी मालिश गर्नुहोस् ।
९) यस मास्कलाई कपालमा लगाईसकेपछि २० मिनेटसम्म त्यसै छोड्नुहोस् । मास्कलाई चुहिनबाट बचाउनको लागि   डिस्पोजेबल शावर कैपको मद्धतले कपाललाई ढाक्नुहोस् ।
१०) सफा पानीले पखाल्नुहोस् । र त्यसपछि सधैझैं शैम्पुको प्रयोग गरी कपाललाई धुनुहोस् ।

भिडियो हेर्नुहोस >>

प्रकाशित : शुक्रबार, फागुन २०, २०७३१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वस्थ यौनसम्पर्कको लागि बजारमा आइपुग्यो प्राकृतिक कण्डम