१५ मिनेटमै कपाललाई आर्कषक बनाई आश्चर्यजनक परिणाम पाउने सरल विधि

महिलाहरु कपाललाई आर्कषक बनाउनको लागि विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्छन् । जस्मा मिसिएको रसायनहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुुल असर गर्छ । साथै यसबाट पैसा र समय दुबैको नोक्सान हुन्छ । आज हामी तपाईलाई यस्तो प्राकृतिक विधिबारे जानकारी दिन्छौं । जस्बाट तपाईंको कपाल चम्किलो तथा आर्कषक बन्छ ।

आवश्यक सामाग्रीहरु
१) १ चम्चा दालचीनीको धुलो
२) आधा चम्चा जैतुनको तेल
३) १ चम्चा मह

बनाउने विधि
एउटा ताप्केमा आधा कप जैतुनको तेललाई राखी न्यून तापमा तताउनुहोस् । तेल तातिसकेपछि यसलाई निकालेर तुरुन्तै एउटा कचौरामा हाल्नुहोस् । त्यसपछि यसमा १ चम्चा दालचीनीको धुलो र १ चम्चा महलाई हाल्नुहोस् । यसलाई चम्चाको मद्धतले राम्ररी मिसाउनुहोस् ।

प्रयोग गर्ने विधि
सबैभन्दा पहिला एउटा काइयोले कपाललाई विभाजन गर्नुहोस् । त्यसपछि एउटा ब्रशको मद्धतले टाउकोको पछाडिको भागबाट यस मिश्रणलाई लगाउन शुरु गर्नुभई अगाडिको भागसम्म लगाउनुहोस् । यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि एउटा राम्रो शैम्पुले नुहाउनुहोस् । र सधैं झै कंडीसरको प्रयोग गर्नुभई कपाललाई राम्ररी पखाल्नुहोस् । यस विधिलाई दिनहुँ एक हप्तासम्म प्रयोग गर्नुहोस् । यसबाट तपाईंको कपाल स्वस्थ हुनुको साथै चम्किलो देखिन्छ ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७३१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरेलु मास्कको प्रयोग गरी कपाललाई रेशमी (सिल्की) बनाउने विधि (भिडियो सहित)