३ चोटिको प्रयोगमै दाग हटाई छालालाई चम्किलो बनाउने निकै सरल उपाय

एजेन्सी – आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ । जस्मा विभिन्न रसायनहरु मिसाईएको हुुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु
१) १ वटा आलु
२) ½ कागतीको रस

बनाउने विधि
सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् ।  यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र  सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग
१) १ वटा आलु
२) ½ काँक्रो

बनाउने विधि
सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७३१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ मिनेटमै कपाललाई आर्कषक बनाई आश्चर्यजनक परिणाम पाउने सरल विधि