साबधान ! गाँजाको दुर्व्यसनीमा फस्नुभएको छ भने जान्नैपर्ने गम्भीर असरहरु

ऐजेन्सी – गाँजालाई अवैध लागुपदार्थको रुपमा लिईन्छ । संसारभरि नै यसको सेवन सर्वाधिक रुपमा गरिन्छ । १५ देखि ६४ वर्षका मानिसले यसको सेवन गर्ने गरेको तथ्यांक छ । प्रायजसो युवाहरुले यसको प्रयोग बढि गर्छन् ।

गाँजालाई ‘क्यानाबीस’ बिरुवाको पात ,टुसा र फूलबाट बनाईन्छ । ह्यासिस (भाङ्ग) यसबाट निस्किने च्यापच्याप लाग्ने पदार्थबाट बन्छ । गाँजामा दुखाई कम गर्ने औषधिय गुण भएपनि यसको प्रयोग हामीले गर्नुहुदैंन । किनकी यसको लत लागिसकेपछि हामीले चाडैं छोड्नसक्दैनौं । जस्ले गर्दा हानीकारक असरहरु उत्पन्न हुन थाल्छन् ।

गाँजाबाट हुने हानिकारक असरहरु

१) यसको सेवनपछि तत्काल हुने असर स्वरुप छट्पटी तथा मनोत्रास हुने गर्छ ।
२) मुटुको चाल बढ्ने , रक्तचाप बढ्ने , सास छिटोछिटो फेर्ने , आँखा रातो हुने , मुख सुक्ने समस्या देखापर्छ ।
३) पागलपन , उदासिन , टोलाएर बस्ने जस्ता मानसिक समस्याहरु उब्जिन्छ ।
४) कुपोषण, क्षयरोग, एड्स लगायतका संक्रमणको संभावना बढि हुन्छ ।

प्रकाशित : बुधबार, फागुन १८, २०७३१७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ चोटिको प्रयोगमै दाग हटाई छालालाई चम्किलो बनाउने निकै सरल उपाय