महिलाहरुले रजस्वलाको समयमा गर्नै नहुने ४ कुराहरु

एजेन्सी – केही महिलाहरुलाई महिनावारीको समय धेरै कठिन तथा पिडादायक हुने गर्छ । यदि तपाईंलाई पनि यस किसीमको समस्या छ भने , आज हामी तपाईंलाई यस समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि रजस्वला भएको समयमा तपाईंले निम्न ४ कामहरु गर्न हुदैंन ।

१) असुरक्षित यौनसम्पर्क
महिनावारीको समयमा सकेसम्म शारीरिक सम्बन्ध नराख्नुहोस् । यदि यौन सम्बन्ध राख्ने सोचमा हुनुहुन्छ भने संक्रमणबाट बच्नको लागि सुरक्षित यौनसम्पर्क मात्र गर्नुहोस् ।

२) खाना नखानु
रजस्वलाको समयमा तपाईंको शरीरबाट धेरै रगत बग्छ । जस्ले गर्दा शरीर कमजोर हुने गर्छ । त्यसैले तपाईंले शरीरको शक्तिलाई बढाउनको लागि खाना खानु जरुरी हुन्छ । त्यसैले यस्तो समयमा खानालाई छोड्नुहुन्न ।

३) शारिरीक क्रियाकलाप
यदि तपाईंलाई पेट दुख्ने तथा ढाड दुख्ने समस्या भएको छ भने , धेरै शारिरीक क्रियाकलाप नगर्नुहोस् । यसबाट तपाईंलाई धेरै दुखाईको महशुश हुदैन ।

४) रातभरि उठेर बस्नुुहुदैन
रजस्वलाको समयमा तपाईंको शरीरले मेलाटोनिन भन्ने हर्मोनको उत्पादन गर्छ । जस्ले हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्छ । यस अवस्थामा तपाईंंले आराम लिनु जरुरी छ । यदि तपाईंले रातभरि उठेर यसको उत्पादनमा बाधा पुर्याउनुभयो भने, यसले हाम्रो शरीरमा नराम्रो असर गर्छ । त्यसैले छिट्टै सुत्नु तपाईंको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

प्रकाशित : बुधबार, फागुन १८, २०७३१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साबधान ! गाँजाको दुर्व्यसनीमा फस्नुभएको छ भने जान्नैपर्ने गम्भीर असरहरु