भान्सामा यस्ता चिजको ध्यान राख्नुहोस र पाउनुहोस राम्रो स्वास्थ्य र स्वस्थ तन-मन

एजेन्सी , यदि तपाइको घरमा कोहि न कोहि सधै बिरामी भईरहनुहुन्छ भने यसको कारण भान्सामा गलत वास्तुस्थिति हुन सक्छ । वास्तुशास्त्रको यी वास्तु तरिका अपनाई स्वस्थ रहनुहोस ।

१.भान्साका वास्तु तरिका : यदि तपाई पटक-पटक बिरामी भईरहनुहुन्छ भने भान्सामा यी वास्तु तरिकामा ध्यान दिनुहोस् । किनकि धेरै पटक घरको  राम्रो खाना खाँदा पनि बिमारीको साया घरबाट बाहिर जादैन फरी कोहि न कोहि बिरामी हुन्छ । यस आवस्थामा भान्साका वास्तुदोषको कारण हुनसक्छ। यस आबस्थामा यी वास्तु तरिका अपनाई स्वस्थ रहनुहोस ।

२.खाना पकाउने दिशा : वास्तुशास्त्रका अनुसार कहिले काहिँ खाना पश्चिम र उत्तर तर्फ़ मुख फर्की बनाउनु हुदैन । किनकि पश्चिमतर्फ़ मुख गरि खाना बनाउनाले छाला सम्बन्धि समस्या हुन्छ । उत्तरतर्फ़ खाना बनाउनाले आर्थिक समस्या हुनसक्छ । किनकि उत्तर तर्फ़को दिशामा धनका स्वामी कुबेरको स्थान मानिन्छ । जसको कारण भान्साघरमा बोल्ने आगोले धन जलाउँछ र घरमा आर्थिक समस्या देखापर्छ ।

३. पूर्व तर्फ़ चुलो राख्ने : वास्तुशास्त्र आनुसार खाना बनाउने सही दिशा पूर्व मानिन्छ । पूर्वबाट आउने सकारात्मक उर्जाले खानालाई समृद्धिले भरिपुर्ण बनाईदिन्छ । वैज्ञानिकका आनुसार पूर्वबाट सुर्य उदाउने भएकोले पूर्वमा भान्सा राख्नाले सुर्यको पहिलो किरण भान्सामा पर्नजान्छ जसले गर्दा भान्सामा भएका हानिकारक किटाणु नस्ट हुन्छन । यसकारण भान्साको झ्याल पूर्व हुने गरि राख्नु पर्छ ।

४. गाईका लागि रोटि : सधै खाना बनाउनु भन्दा पहिले बिहान गाईका लागि एउटा रोटि अबस्य बनाउनुहोस । अनि खाना खान बस्नु पहिले गाईलाई बनाएको रोटि खान दिनुहोस । यसले गर्दा आर्थिक समस्या आउदैन र घर सुखशान्तिले भरिपुर्ण हुन्छ । वैज्ञानिकका आनुसार गाईलाई रोटि खुवाउन धेरै जसो केटाकेटीलाई पठाउनाले केटाकेटीमा संवेदनशीलता आउंछ र उनीहरु जनावरसंग-संगै आफुभन्दा ठुलाको आदर-सम्मान गर्न सिक्दछन्।

५. नुहाउनुभन्दा पहिले भान्सामा नपस्नुहोस : वास्तुशास्त्रका आनुसार ननुहाई भान्सामा पस्नु हुदैन । वास्तुशास्त्रमा सधै नुहाएर पुजा गरि खाना बनाई भगवानलाई प्रसाद चडाएर मात्र खाना खान सुरु गर्नुपर्छ । वैज्ञानिकका अनुसार जबसम्म हामी नुहाउदैनौ तबसम्म हाम्रो ओक्षयानका सबै किटाणु हाम्रो शरीरसंग टाँसेर बसेका हुन्छन । त्यसैले ननुहाई कहिले पनि भान्सामा खाना बनाउनु हुदैन।

 

 

प्रकाशित : बुधबार, फागुन १८, २०७३०९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाहरुले रजस्वलाको समयमा गर्नै नहुने ४ कुराहरु