अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय

एजेन्सी –  सुन्दर तथा चम्किलो अनुहार बनाउने रहर प्राय सबैको हुन्छ । यसको लागि तपाइले प्राकृतिक विधिलाई अपनाउन सक्नुहुन्छ ।  अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं।  जसबाट तपाईंको अनुहारको छाला  गोरो हुनुको साथै सुन्दर तथा आकर्षक देखिन्छ ।

आवश्यक सामाग्रीहरु
१) २ चम्चा चामलको पिठो
२) २ चम्चा घ्यु कुमारीको रस

बनाउने तथा प्रयोग गर्ने विधि
सबैभन्दा पहिला माथिका सम्पूर्ण सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणले अनुहारमा दल्नुहोस् त्यसपछि केही मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले मुख धुनुहोस् । यसबाट तपाईंको छाला पहिलाभन्दा धेरै नै नरम तथा सफा देखिनेछ । राम्रो परिणामको लागि हप्तामा ३ पटक यसको प्रयोग गर्नुहोस् ।

यसका साथै अर्को उपायको प्रयोग पनि  गर्न सक्नुहुन्छ । जस्ले तपाईंको अनुहारको दाग तथा डण्डिफोरलाई हटाउँछ ।

आवश्यक सामाग्री
१) आधा चम्चा मह
२) २ चम्चा चामलको पिठो
३) २ चम्चा दुध

बनाउने तथा प्रयोग गर्ने विधि
माथिका सबै सामाग्रीहरुलाई बाक्लो पेस्ट नबनेसम्म राम्ररी मिसाउनुहोस् । त्यसपछि यसलाई आफ्नोे अनुहारमा लगाउनुहोस् । र २० मिनेटपछि मुख धुनुहोस् । यस विधिले तपाईंको छालालाई चम्किलो तथा आर्कषक बनाउँछ ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७३१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भान्सामा यस्ता चिजको ध्यान राख्नुहोस र पाउनुहोस राम्रो स्वास्थ्य र स्वस्थ तन-मन