नङ्ग चपाउने बानी स्वास्थ्यको लागि खतरनाक साबित

एजेन्सी – केही मानिसको औंलाको नङ्ग चपाउने बानी हुन्छ । खाली समयमा वा तनाव भएको अवस्थामा नङ्ग चपाउने गर्छन् । तर यसो गर्नाले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पुग्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

चिकित्सकहरुका अनुसार नङ्गभित्र आँखाले देख्न नसक्ने फोहोरहरु बसेका हुन्छन् । हामीले नङ्गलाई चपाउँदा नङ्गभित्र भएको फोहोर मुखबाट सीधै पेटमा जान्छ । जस्ले गर्दा हामीलाई विभिन्न किसीमका रोगहरु लाग्ने सम्भावना धेरै नै हुन्छ ।
यसका साथै यसले शरीरको भित्र मात्र नभई बाहिरी छालामा पनि असर गर्दछ । नङ्ग चपाउँदा हाम्रो शरीरको छाला नरम हुन्छ । र बाह्य किटाणुले सजिलै आक्रमण गर्न सक्छ । यसका साथै यसले गर्दा दाँत र गिजामा पनि संक्रमण हुने खतरा हुन्छ । त्यसैले यदि तपाईंको पनि नङ्ग चपाउने बानी छ भने, यसलाई आजैबाट छोड्नुहोस् ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७३१४:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ दिनमा ५ किलो तौल चमत्कारिक चियाको मद्धतले घटाउने उपाय