धेरै कन्डमको प्रयोग स्वास्थ्यको लागि खतरनाक

एजेन्सी – आजभोलि सुरक्षित यौनसम्पर्कको लागि धेरैजसोले कन्डमको प्रयोग गर्ने गर्छन् । यसका साथै कन्डमलाई परिवार नियोजनको राम्रो साधन मानिन्छ । त्यसैगरी एचआइभी तथा यौन संक्रमण रोगलाई नियन्त्रण गर्ने भएकोले यसको प्रयोगलाई फाईदाजनक मानिन्छ । तर अनुसन्धानकर्ताका अनुसार कन्डममा केही अप्रत्यक्ष असर पुर्याउने तत्व हुने भएकोले यसको बढी प्रयोगले स्वास्थ्यमा धेरै ठूलो खतरा पैदा हुनसक्छ ।

अधिकांश कन्डमहरु लेटेक्सले बनेको हुन्छ । लेटेक्स एक तरल पदार्थ हो , जुन रबरको वृक्षबाट प्राप्त हुन्छ । केही व्यक्तिमा यसको कारणले गर्दा एलर्जी हुने सम्भावना पनि रहन्छ । यसैकारणले गर्दा चिकित्सकहरुले भरपर्दो कन्डमको प्रयोग गर्न सुझाव दिएका छन् । तर पनि बाह्य छालालाई पूर्ण तवरले सुरक्षित राख्न नसक्ने हुँदा चिलाउने र असर गर्ने खतरा भने कायमै रहन्छ ।

एक अध्ययनका अनुसार कन्डमको सहि प्रयोले ९८ प्रतिशत सुरक्षा प्राप्त हुन्छ । तर गलत प्रयोग हुन गएमा गर्भ रहने सम्भावना धेरै रहनसक्छ । म्याद सकिएको कन्डमको प्रयोग गल्तिले पनि गर्नुहुदैंन । कन्डममा पाउडर र लुब्रिकेन्टको प्रयोग गरिएको हुन्छ । यसले महिलामा गम्भिर असर पुर्याउँछ । चिकित्सकहरुका अनुसार कन्डममा प्रयोग गरिएको पाउडरले महिलामा क्यान्सर तथा बाँझोपनको समस्या हुने खतरा समेत हुन्छ ।

 

प्रकाशित : सोमबार, फागुन १६, २०७३१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवती भए नभएको थाहा पाउने निकै सरल घरेलु उपाय