खाना खाँदै पानी पिउने बानी स्वास्थ्यको लागि धेरै खतरनाक , यस्तो छ बेफाईदा

एजेन्सी – धेरैजसो मानिसहरुको पानी पिउँदै खाना खाने बानी हुन्छ । अझै कतिजना मानिस त गाँसै पिच्छे पानी पिउने गर्दछन् । के तपाईंको पनि पानी पिउँदै खाने बानी छ ? यदि छ भने यसलाई तुरुन्तै छोड्नुहोस । अध्ययनअनुसार खानेबेला पानी पिउने बानी स्वास्थ्यको लागि धेरै खतरनाक हुने कुरा पत्ता लगाईएको छ । यसबाट हाम्रो स्वास्थ्यमा हुने बेफाईदाहरु निम्न छन् ।

१) एसिडिटिलाई बढाउँछ
खाने बेलामा पानी पिउने बानीले पाचन प्रक्रियालाई ढिलो गर्दछ । यसले गर्दा खानालाई पचाउन गाह्रो हुन्छ । र खाना धेरै बेरसम्म पेटमा रहनाले अम्लता ( एसिडिटि ) को समस्या देखिन्छ । यसका साथै पेट , छाती तथा घाँटीमा जलन पनि हुने गर्छ ।

२) मोटोपनको समस्या हुन्छ 
खाना खाँदै पानी पिउनाले इन्सुलिनको मात्रा बढ्छ । जसले गर्दा शरीरमा धेरै बोसो जम्छ । र यसबाट शरीरको तौल बढ्न गई मोटोपनको समस्या हुने गर्छ ।

३) इन्सुलिनको मात्रा बढाउँछ 
यसले शरीरमा इन्सुलिनको मात्रालाई बढाउने हुँदा पाचन प्रक्रियामा नराम्रो असर पर्छ । साथै यसले ब्लड सुगरलाई बढाउने सम्भावना पनि धेरै हुन्छ ।

प्रकाशित : सोमबार, फागुन १६, २०७३१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै कन्डमको प्रयोग स्वास्थ्यको लागि खतरनाक