च्याउ खानाले हुन्छ यस्तो आश्चर्यजनक फाईदा

एजेन्सी – शाकाहारी होस् वा मांसाहारी च्याउ सबैलाई मनपर्छ । च्याउमा औषधिय गुण हुने भएकोले यसको प्रयोग स्वास्थ्यको लागि धेरै नै फाईदाजनक छ । मात्र तपाईंले यसको लागि स्वस्थ च्याउको प्रयोग गर्न जरुरी छ । आज हामी तपार्इंलाई च्याउको प्रयोगबाट हुने ८ फाईदाहरुको बारेमा जानकारी दिन्छौं ।

१) हृदयसम्बन्धि रोगबाट बचाउँछ 

च्याउमा पौष्टिक तत्वहरु प्रचुर मात्रामा पाईने भएकोले यसको प्रयोगबाट हृदयसम्बन्धि समस्याबाट बच्न मद्धत पुग्दछ । यसका साथै च्याउमा केही इन्जाईम तथा फाईबर पाईन्छ । जस्ले हाम्रो कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्दछ ।

२) प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ 

च्याउमा भएको एन्टिअक्सिडेन्ट गुणले हानीकारक फ्रि रेडिकल्सबाट बचाउँछ । च्याउको प्रयोगबाट शरीरमा एन्टिभाईरल तथा प्रोटिनको मात्रा बढ्दछ । जस्ले गर्दा शरीरको कोशिकाहरुको मर्मतमा सहयोग पुग्दछ । च्याउ प्राकृतिक एन्टिबायोटिक भएकोले माइक्रोबियल तथा फंगलको संक्रमणबाट पनि बचाउँछ ।

३) कुपोषणबाट बचाउँछ 

गर्भवस्था, बाल्यावस्था , युवावस्था तथा बृद्धावस्था सबै चरणमा च्याउको प्रयोग उपयोगी भएको मानिन्छ । यसमा भएको प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा कार्बोहाइडेटले बाल्यावस्थादेखि युवावस्थासम्म कुपोषणबाट बचाउँछ । यसै कारणले गर्दा डाक्टरले पनि यसलाई खानको लागि सल्लाह दिन्छन् ।

४) हेमोग्लोबिनको मात्रालाई ठिक गर्छ

च्याउले रगतमा हेमोग्लोबिनको मात्रालाई ठिक बनाईराख्दछ । यसका साथै यसमा बहुमूल्य फोलिक एसिड प्रचुर मात्रामा पाईन्छ । जुन मांसाहारी खाद्यपदार्थमा मात्र पाईने हुन्छ । च्याउमा पाईने आईरन तथा फोलिक एसिडले रगतको कमी हुन दिदैंन । यसैकारणले गर्दा च्याउ शाकाहारी महिला तथा बच्चाहरुको लागि सर्वोतम खाद्यपदार्थ मानिन्छ।

५) तौललाई घटाउँछ

च्याउमा पाईने प्रोटिनले तौललाई घटाउनमा पनि मद्धत गर्दछ । त्यसैले तौल घटाउनको लागि पनि च्याउको प्रयोग गर्न सकिन्छ ।

६) क्यान्सर जस्तो खतरनाक रोगबाट छुट्कारा दिलाउँछ

च्याउमा पाईने ग्लूकन तथा कंजुगेट लानोलिक एसिडले प्रोस्टेट तथा स्तन क्यान्सर जस्तो खतरनाक रोगबाट पनि बच्न मद्धत गर्दछ । च्याउमा भएको तत्वले क्यान्सरको असरलाई कम गर्दछ ।

७) पेटको समस्याबाट मुक्ति दिलाउँछ

ताजा च्याउमा प्रयाप्त मात्रामा फाईबर तथा कार्बोहाइडेट तत्व पाईन्छ । यसैकारणले गर्दा च्याउको प्रयोगले अपच, अम्लता तथा कब्जियतका साथै विभिन्न प्रकारका पेटसम्बन्धि समस्याबाट बचाउँछ ।

८) मधुमेह

मधुमेह रोगीको लागि च्याउ उत्तम खाद्यपदार्थ हो । च्याउमा ग्लुकोज र स्टार्चको मात्रा धेरै कम हुन्छ । साथै च्याउमा मधुमेह रोगीलाई आवश्यक सबै पौष्टिक तत्व पाईन्छ । त्यसैले मधुमेह रोगीको लागि यसको प्रयोग धेरै नै राम्रो हुन्छ ।

प्रकाशित : शनिबार, फागुन १४, २०७३१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाना खाँदै पानी पिउने बानी स्वास्थ्यको लागि धेरै खतरनाक , यस्तो छ बेफाईदा