२० मिनेटमै सुनौलो चमक ल्याई अनुहार सुन्दर बनाउने सरल बिधि

एजेन्सी – सबैजना अनुहारको दाग , खटिरालाई हटाई सुन्दर अनुहार बनाउन चाहन्छन् । तपाईं पनि पक्कै पनि राम्रो विधिको खोजमा हुनुहुन्छ होला ? यसो हो भने चिन्ता नलिनुहोस् । आज हामी तपार्इंलाई २० मिनेटमै अनुहारलाई आकर्षक बनाई सुनौलो चमक ल्याउने बिधिबारे जानकारी दिन्छौं।

१) सबैभन्दा पहिला गुलाब जललाई कपासमा हालेर अनुहारलाई सफा गर्नुहोस् ।

२) आधी गोलभेडामा थोरै चिनीलाई छर्कनुहोस् । त्यसपछि यसलाई २–३ मिनेटसम्म अनुहारमा दल्नुहोस् । यसले तपाईंको मरेको छालाको तहलाई अनुहारबाट हटाउन मद्धत गर्दछ ।

३) त्यसपछि २ चम्चा गोलभेडाको जुसमा २ चम्चा घ्युकुमारीको रस तथा थोरै तेल र भिटामिन ई हालेर राम्ररी मिसाउनुहोस् । र यस मिश्रणले अनुहारमा ५ मिनेटसम्म मालिस गर्नुहोस् ।

४) त्यसपछि २ चम्चा चामलको पिठोमा २ चम्चा गोलभेडाको रस र थोरै थोपा कागतीको रसलाई मिसानउनुहोस् । यदि धेरै बाक्लो मिश्रण बनेमा यसमा थोरै गुलाबजललाई पनि मिसाउन सक्नुहुन्छ । त्यसपछि यसलाई अनुहारमा दल्नुहोस् । र १५ मिनेटको लागि त्यसै छोड्नुहोस् ।

५)  सफा पानीले मुख धुनुहोस् । यस विधिको परिणामस्वरूप तपाइंको अनुहार आकर्षक देखिनेछ ।

प्रकाशित : शनिबार, फागुन १४, २०७३१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

च्याउ खानाले हुन्छ यस्तो आश्चर्यजनक फाईदा