कागतीको बोक्राले जोर्नीको दुखाईबाट आराम दिलाउँछ ( विधि सहित)

एजेन्सी – हाम्रो शरीरमा खानाको प्रत्यक्ष प्रभाव पर्ने हुँदा हामीले स्वस्थ खानामा ध्यान पुर्याउन जरुरी छ । प्राचीन समयमा मानिसहरु ७० – ८० वर्षको उमेरमा मात्र रोगबाट पिडित हुने गर्दथे । तर आजकलका मानिसहरु ३० वर्षको उमेरमै विभिन्न रोगबाट ग्रसित हुने गर्दछन् । त्यसैगरी अहिले जोर्नीसम्बन्धि दुखाईको समस्याबाट प्राय सबैजना पिडित हुन थालेका छन् ।

जोर्नीको दुखाई  घुंडा , कुहिना , घाँटी आदिमा हुन सक्दछ । यसबाट तुरुन्तै छुट्कारा पाउनको लागि तपार्इंले पौष्टिक तत्वयुक्त स्वस्थ खाना खानु तथा व्यायाम गर्नु निकै जरुरी हुन्छ । यसका साथैे कागतीको बोक्रालाई जोर्नी दुखाई समस्याको औषधिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जस्ले तपार्इंको जोर्नीसम्बन्धि समस्याबाट छिट्टै आराम दिलाउँछ ।

कागती

कागतीमा म्याग्नेयिम , पोटासियम, क्याल्सियम, फोलिक एसिड , पेक्टिन , फोस्फोरस , बायोफ्लाभोनोइड , भिटामिन ए , सी , बी१ र बी६ प्रचुर मात्रामा पाईन्छ । कागतीको प्रयोगबाट हुने फाईदाहरुको बारेमा तपाइंलाई थाहा नै छ ।तर कागतीको बोक्रामा पनि जोर्नीको दुखाईबाट मुक्ति पाउने आश्चर्यजनक औषधिय गुण हुन्छ । यसको लागि मात्र तपार्इंलाई प्रयोग गर्ने विधिबारे ज्ञान हुन जरुरी छ । आज हामी तपार्इंलाई यसैसम्बन्धि जानकारी दिन्छौं ।

सामाग्रीहरु

१) २ वटा कागतीको बोक्रा
२) जैतुनको तेल

बनाउने विधि
सबैभन्दा पहिला कागतीको बोक्रालाई एउटा सिसाको बोतलमा राख्नुहोस् । त्यसपछि यसमा जैतुनको तेललाई हाली बिर्कोको मद्धतले बन्द गर्नुहोस् । यसपछि दुई हप्ताको लागि त्यसै छोड्नुहोस् ।

दुई हप्तापछि तपार्इंको औषधि पूर्णरुपमा तयार हुनेछ । त्यसपछि सुत्नुभन्दा अगाडि मिश्रणलाई रेशमी कपडामा थोरै हाली जोर्नी दुखेको ठाउँमा लगाउनुहोस् । यस ओषधिलाई लगाईसकेपछि ब्यान्डेजले बाँध्नुहोस् । र यसलाई रातभरि असर हुन दिनुहोस् ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : शनिबार, फागुन १४, २०७३१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० मिनेटमै सुनौलो चमक ल्याई अनुहार सुन्दर बनाउने सरल बिधि