१ मिनेटमै हृदयघातलाई रोक्ने घरेलु उपाय

एजेन्सी – हृदयघातलाई अङ्ग्रेजीमा हार्ट अट्याक भनिन्छ । रक्तनलीमा बाधा उत्पन्न भई हृदयको केही भागमा रक्तप्रवाह बन्द हुने कारणले गर्दा हृदयघात हुने गर्दछ । यसले मानिसको ज्यान समेत लिने भएकोले यो धेरै नै खतरनाक रोग हो ।

पहिले यो समस्या ४० वर्षभन्दा बढि उमेरका मानिसमा मात्र पाईन्थ्यो । तर अहिले २० देखि २५ उमेर समुहमा समेत हृदयघात रोग देखापर्न थालेको छ । यदि हृदयघातको रोगीलाई समयमै उपचार गर्न सकिएन भने मृत्यु हुने सम्भावना रहन्छ । तुरुन्तै उपचार गर्नको लागिे तपाईलाई हृदयघातको लक्षणहरुबारे जानकारी हुनु अति आवश्यक छ ।

अमेरिकन हार्ट एशोसियशनको अनुुसार केही व्यक्तिको हृदयघातको लक्षण एक महिना अगाडि नै देखिने हुन्छ । यसैकारणले गर्दा पहिले नै लक्षणको पहिचान गर्न सकिएमा हृदयघात जस्तो खतरनाक रोगलाई पनि रोक्न सकिन्छ ।

हृदयघातको समयमा रोगीलाई डाक्टरकहाँ लग्न समेत मौका नपाउन सक्छ । त्यसैले यस अवस्थामा तपार्इंले के गर्नुपर्छ भन्ने कुरा जानीराख्न धेरै नै जरुरी छ । आज हामी तपार्इंलाई मात्र १ मिनेटमा हृदयघातलाई रोक्ने उपायबारे जानकारी दिन्छौं । यसको मद्धतबाट तपार्इंले रोगीको ज्यानलाई बचाउन सक्नुहुन्छ । यसको लागि तपार्इंले निम्न विधिलाई अपनाउनुपर्ने हुन्छ ।

सामाग्रीहरु
१) ताजा रातो खुर्सानीको धुलो
२) १–३ रातो खुर्सानी
३) ५०% अल्कोहल (भोड्का)
३) १ लिटर सिसाको बोतल
४) पन्जा

औषधीलाई बनाउने विधि

पहिलो चरण : सबैभन्दा पहिला पन्जालाई हातमा लगाउनुहोस् । त्यसपछि सिसाको बोतलमा रातो खुर्सानीको धुलोलाई हाल्नुहोस् । त्यसपछि यसमा खुर्सानीको धुलोलाई आवश्यक मात्रामा अल्कोहललाई हालेर राम्ररी मिसाउनुहोस् ।

दोस्रो चरण : अर्को ताजा १–३ रातो खुर्सानीलाई ब्लेंडरमा हालेर पिस्नुहोस् । त्यसपछि यसलाई सस जस्तो बाक्लो मिश्रण नबनेसम्म अल्कोहललाई हालेर राम्ररी मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई पनि बोतलमा हाल्नुहोस् । यसबाट तपार्इंको मिश्रण करीब ७५० मि.लि को हुनेछ ।

त्यसपछि अल्कोहललाई माथिसम्म भरेर बोतललाई बिर्कोले बन्द गर्नुहोस् । दिनमा ४–६ पटक यस बोतललाई हल्लाउनुहोस् । यसले औषधिलाई राम्रो मिश्रण बनाउनमा मद्धत गर्दछ । त्यसपछि यस मिश्रणलाई २ हप्ताको लागिा अँध्यारो ठाउँमा राख्नुहोस् । यसपश्चात मिश्रणलाई अर्को गाढा बोतलमा राख्नुहोस् । र यसलाई सुख्खा वा अँध्यारो ठाउँमा भण्डार गर्नुहोस् ।

यस मिश्रणलाई हृदयघातबाट पिडितलाई ५–१० थोपा ५–५ मिनेटको अन्तरमा जबसम्म रोगीको हालतमा सुधार आउँदैन तबसम्म पिउन दिनुहोस् ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : शनिबार, फागुन १४, २०७३११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कागतीको बोक्राले जोर्नीको दुखाईबाट आराम दिलाउँछ ( विधि सहित)