मात्र ३ चरण अपनाई खुट्टालाई गोरो तथा नरम बनाउने सरल विधि

एजेन्सी – महिलाहरु खुट्टालाई गोरो तथा आकर्षक बनाउनको लागि विभिन्न किसीमका महङ्गा सामग्रीहरुको प्रयोग गर्ने गर्दछन् । यसबाट धेरै पैसा तथा समय दुबै खर्च हुने हुन्छ । त्यसैले तपाईले घरेलु उपायबारे जानकारी पाउन जरुरी छ । जसबाट तपाईले आफ्नो खुट्टाको स्याहार घरमै बसेर गर्न सक्नुहुन्छ । यो उपाय धेरै नै सरल छ । यस उपायमा तपाईले निम्न चरणहरुलाई अपनाउन जरुरी छ ।

पहिलो चरण 

सामाग्रीहरु
१) २ चम्चा कागतीको रस
२) २ चम्चा बेकिङ्ग सोडा
३) २ चम्चा नुन

विधि
सबैभन्दा पहिला रिमुभरको प्रयोग गरी कपासको मद्दतले नङ्गको पोलिशलाई हटाउनुहोस् । त्यसपछि एउटा बाल्टिनमा तातो पानी हाल्नुहोस् । र यस पानीमा माथिका सम्पूर्ण सामाग्रीहरुलाई राखि राम्ररी चलाउनुहोस् । त्यसपछि आफ्नो खुट्टालाई यस मिश्रणमा १० मिनेटसम्म डुबाउनुहोस् । र आफ्नो खुट्टालाई निकालेर सुख्खा बनाउनुहोस् ।

दोस्रो चरण

सामाग्रीहरु
१) २ चम्चा बेकिङ्ग सोडा
२) २ चम्चा कागतीको रस

विधि
माथिका सामाग्रीहरुलाई राम्रोसँग मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई टुथब्रशमा हाल्नुभई खुट्टामा दल्नुहोस् । त्यसपछि सफा पानीले खुट्टालाई पखाल्नुहोस् ।

तेस्रो चरण

सामाग्रीहरु
१) ६ चम्चा मुल्तानी माटो ( माटोको प्रकार जस्लाई अङ्ग्रेजीमा फुलर्स अरथ भनिन्छ )
२) २ चम्चा घ्युकुमारीको रस
३) १ ठूलो चम्चा कागतीको रस
४) २ चम्चा पानी

विधि
माथिका सम्पूर्ण सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि यस फेसपेकले खुट्टामा ५ मिनेटसम्म मालिश गर्नुहोस् । त्यसपछि यसलाई १० मिनेटसम्म त्यसै छोड्नुभई सफा पानीले पखाल्नुहोस् ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७३१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४० मिनेटमै कपाल झर्ने समस्यालाई रोकी एकदम छिटो बढाउने उपाय