२४ घन्टाभित्र २७ पटक हृदयघात हुँदा पनि जीवित

एजेन्सी – काल नआइ मान्छे मर्दैन भन्ने भनाई छ । एक ब्रिटिश नागरिक रे बुडहालको जिबनमा पनि यस्तै चमत्कार भएको छ । वुरस्टेरशायरमा बस्ने ५४ वर्षिय बुडहाललाई २४ घन्टाभित्र २७ पटक हृदयघात हुँदा पनि उनी जीवित रहन सफल भए ।

बेलायतमा बढ्दो उमेरका व्यक्तिहरुले सुस्त गतिमा खेल्ने फुटबललाई ‘वाकिङ फुटबल’ भनिन्छ । र यहि खेल खेलिरहेको समयमा उनलाई पहिलो हृदयघाटले समातेको थियो । त्यसपछि उनलाई वुरेस्टरशायर रोयल अस्पतालमा भर्ना गरियो । यसपछि उनको अवस्था झन्झन् जटिल बन्दै गयो । किनकि उनलाई लगातार २६ पटक हार्ट अट्याक भएको थियो । तर पनि उनी जिवितै रहेको देखि सबै आश्चर्यचकित भएका थिए ।

बुडहालको अनुसार उनलाई एक गहिरो निन्द्रामा गएको जस्तो अनुभूति भएको थियो । उनको अवस्था ज्यादै नाजुक भएकोले अस्पतालमा उनको हेरविचारको लागि ६ जना विशेषज्ञको टीम तैनाथ गरिएको थियो । यही सतर्कताले गर्दा उनको ज्यान जोगियो । तर पूर्ण रुपमा ठिक हुन भने उनले अझ ६ महिना कुर्नुपर्ने हुन्छ । बुडहालको घटनाबाट समयमै उपचार पाउन सकिए हृदयघाट जस्तो खतरनाक रोगबाट पनि बच्न सकिन्छ भने कुरा पुष्टि भएको छ ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७३१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र ३ चरण अपनाई खुट्टालाई गोरो तथा नरम बनाउने सरल विधि