
एजेन्सी – स्वस्थ रहनको लागि प्याजको प्रयोग प्रभाबकारी छ । प्याजमा प्रशस्त मात्रामा भिटामिन बी६ , भिटामिन सी म्यागेनिज जस्ता तत्व पाइने हुँदा स्वास्थ्यको लागि धेरै फाईदाजनक छ।
प्याजको प्रयोगले हुने फाईदाहरु
१) प्याजमा पाइने एन्टीभाईरल तथा एन्टीब्याकटेरियल गुणले शरीरको जीवाणुहरु हटाउनमा मद्दत गर्दछ।
२) यसमा पाइने भिटामिन सी ले प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँदछ।
३) प्याजमा हुने क्रोमियमले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ।
४) काँचो प्याजको प्रयोगले खराब कोलेस्ट्रोलको उत्पादनमा कमि ल्याउँदछ । यसले गर्दा हाम्रो मुटु सफा तथा स्वस्थ रहन्छ।
५) यसले संक्रमणलाई कम गर्नुको साथै सुनिने समस्याबाट बचाउछ।
६) यसले क्यान्सर जस्तो भयानक रोगबाट बच्नको लागि पनि मद्दत पुर्याउदछ।
७) यदि तपाईंलाई माहुरीले टोकेको छ भने पनि प्याजलाई राख्न्नाले दुखाई कम हुनुको साथै पोलाईबाट आराम मिल्दछ।
८) यसले ग्यास्ट्रिक अल्सर जस्ता रोग लाग्न सक्ने जोखिमलाई पनि कम गर्दछ।
सुत्नुभन्दा अगाडी प्याजलाई पैतालामा राख्नाले के हुन्छ ?
सुत्नुभन्दा आगाडी प्याजलाई पैतालामा राख्नाले यसमा भएको फोस्फोरिक एसिडलाई छालाले सोस्दछ । पैतालाको भागमा मेरिडियन हुन्छ , जुन भित्रि अंगसंग जोडिएको हुन्छ । जसले हाम्रो शरीरको आन्तरिक अंग तथा स्नायु प्रणालीसम्म पुर्याउने काम गर्दछ । यसका साथै तपाइंको रगतलाई शुद्ध तथा सफा बनाउंछ । त्यसैगरी यसमा भएको एन्टीभाइरल गुणले जीवाणुहरुलाई हटाउन मद्दत गर्दछ ।
प्याजलाई पैतालामा राख्ने तरिका
राम्रो प्रभाब पाउनको लागि यसको ठिक तरिकालाई अपनाउन जरुरी छ । यसको लागि सबैभन्दा पहिला प्याजलाई समतल तथा गोलाकारमा काट्नुहोस् । त्यसपछि एउटा ठुलो टुक्रालाई दुवै पैतालामा राख्नुहोस । त्यसपछि कटनको मोजालाई लगाउनुहोस । र रातभरी यसरी नै राखी सुत्नुहोस। यसको नियमित प्रयोगले तपाईं सधैं स्वस्थ रहन सक्नु हुन्छ ।
