स्वासनली सम्बन्धि समस्याबाट तुरुन्तै छुटकारा पाउनको लागि अपनाउनुहोस यस्तो घरेलु उपाय

एजेन्सी – स्वासनली सम्बन्धि समस्याबाट छुटकारा पाउन निकै कठिन छ | स्वासनलीसम्बन्धि समस्या सधैँजसो खोकीबाट सुरु हुन्छ | तर यदि तपाइको स्वासनली सुनिएर खोकीसंगै बाक्लो खकार निस्किएमा भने यसले ठुलो समस्या उत्पन्न गर्न सक्छ | यसले तपाइको फोक्सोलाई समेत हानी गर्न सक्छ | जसबाट तपाइको स्वास्थ्यमा नराम्रो असर पुग्दछ |

यस समस्यालाई प्राय औषधिको प्रयोग, धेरै तरल पदार्थ पिउने , धुम्रपान छोड्ने जस्तो उपाय अपनाई निको पार्ने कोशिस गरिन्छ | तर विभिन्न औषधिको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पनि पुग्न सक्छ | त्यसैले सकेसम्म प्राकृतिक उपायलाई अपनाउनु हाम्रो स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ | आज हामी तपाइँलाई यसै सम्बन्धि जानकारी दिन्छौं | स्वासनली सम्बन्धि समस्याको लागि निम्न बिधिलाई अपनाउन सक्नुहुन्छ ।

सामाग्रीहरु

१) २ चम्चा मह
२) ४०० मि.ली पानी
३) २ वटा मध्यम आकारको पाकेको केरा

बनाउने बिधि

सबैभन्दा पहिला केराको बोक्रालाई निकाल्नुहोस | त्यसपछि कांटाको मद्दतले यसलाई मुछ्नुहोस् | यसपछि यसलाई उम्लिरहेको पानीमा मिसाई आधि घण्टा सम्म पकाउनुहोस | त्यसपछि यस मिश्रणलाई सेलाउन दिनुहोस | र चिसो भएपछि यसमा महलाई मिसाउनुहोस् | १०० मि.लि यस पानीलाई दिनको ४ पटक  पिउनुहोस | यसलाई नियमित रुपमा ५ दिनसम्म पिउनुहोस |

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७३१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय