तुरुन्तै १० किलोसम्म तौल घटाउने घरेलु उपाय, बनाउने विधि सहित

एजेन्सी – तौल घटाउने वा तौललाई नियन्त्रण गर्ने काम धेरै नै चुनौतिपूर्ण छ | खासगरी यस्ता मानिसको लागि जो खानामा नियन्त्रण गर्न सक्दैन | हामी धेरै नै तनाबपूर्ण तथा ब्यस्त जीवन निर्बाह गर्दछौं | जसको कारणले गर्दा शारीरिक ब्यायाम गर्नको लागि हामीसंग समय हुदैन | तौल घटाउने विभिन्न उपायहरु छन् | तर त्यसको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ |

आज हामी तपाईलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौ | जसले बिशेष रुपमा तपाईको पेटको तौल घटाउन मद्दत गर्दछ | र यसबाट तपाइको स्वास्थ्यमा पनि राम्रो असर पुग्दछ | यस विधिमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरुमा पौष्टिक तत्व प्रचुर मात्रामा पाइने भएकोले यसले तपाइको पाचन प्रणालीमा सुधार ल्याई छिटो तौललाई घटाउन मद्दत गर्दछ | यस विधिलाई नियमित रुपमा प्रयोग गरेमा तपाइको तौल छिट्टै घटदछ | यस विधिमा मात्र ४ सामाग्रीहरु घ्यु कुमारी , कागती , अदुवा र महको प्रयोग हुन्छ | जुन स्वास्थ्यको लागि धेरै नै फाईदाजनक छ |

घ्यु कुमारी
हाम्रो स्वास्थ्यमा राम्रो असर पुर्याउने खाद्यपदार्थमा घ्यु कुमारी पनि एक हो | यसमा ७५ सक्रिय पौष्टिक तत्वहरु पाइन्छन | यसका साथै घ्यु कुमारीमा एमिनो तथा फैटी एसिड प्रचुर मात्रामा पाइन्छ | यसमा एन्टीअक्सिदेंत गुण हुने भएकोले यसले  पाचन प्रक्रियामा सुधार ल्याई बोसोलाई हटाउनमा मद्दत गर्दछ | यसका साथै यसको प्रयोगले शरीरका बिषादीहरुलाई हटाई पाचन प्रणालीमा सुधार ल्याउदछ |

कागती
कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ | यसै कारणले गर्दा तौल घटाउनको लागि कागती धेरै नै प्रभावकारी छ | र यसले शरीरलाई शक्ति पनि प्रदान गर्दछ |

अदुवा
स्वास्थ्यमा राम्रो असर पुर्याउने मसलामा अदुवा पनि एक हो | यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ | यसका साथै मग्नेसियम तथा अरु पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइने हुनाले यसको प्रयोगले शरीरको प्रक्रियाहरुमा सुधार ल्याउन मद्दत मिल्दछ | धेरै समय अगाडी देखि नै अदुवाको प्रयोग दुखाई कम गर्न , दम बाट बच्न , हृदय रोगबाट छुटकारा पाउनुको साथै पाचन प्रणाली एवं प्रतिरक्षा प्रणालीमा सुधार ल्याउनको लागि गरिंदै आएको पाइन्छ |

मह
छिटो शक्ति प्रदान गर्ने स्रोतको रुपमा महलाई लिइन्छ | तर यसले बोसोलाई घटाउनमा पनि मद्दत गर्दछ | महले खानाको स्वाद पनि बढाउछ |

तौल घटाउनको लागि अपनाउनुपर्ने विधि निम्नानुसार छ |

सामाग्रीहरु

१) १ गिलास सफा पानी
२) २ – ३ चम्चा घ्यु कुमारीको रस
३ ) १ चम्चा कागतीको रस
४) १ चम्चा अदुवाको धुलो
५) १ चम्चा मह

बनाउने विधि

सबैभन्दा पहिला २ – ३ चम्चा घ्यु कुमारीको रसलाई १ गिलास सफा पानीमा मिसाउनुहोस् | त्यसपछि यसमा कागतीको रस र मह तथा अदुवाको धुलोलाइ मिसाई राम्ररी चलाउनुहोस् | र यस पेयपदार्थलाई बिहान खाली पेटमा पिउनुहोस | यसको नियमित प्रयोगले तपाइको तौल छिटै घट्नेछ |

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

 

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७३१९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाका ९ वटा निजी भागको गोप्य कुराहरु जुन पूरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन्