अण्डाको बोक्रामा पनि पाईन्छ , चमत्कारपूर्ण गुण जस्ले गर्छ हाम्रो स्वास्थ्यमा फाईदा :

अण्डाको प्रयोगबाट हामीले स्वास्थ्य सम्बन्धि धेरै फाईदाहरु प्राप्त गर्न सक्छौं । त्यसैगरी अण्डाको बोक्रामा पनि प्राकृतिक रुपमा रोगलाई निको पार्ने गुण हुन्छ । धेरैजसो मानिसहरुले अण्डालाई आहारको रुपमा प्रयोग गरी यसको बोक्रालाई त्यसै फाल्ने गर्दछन् । के तपाइँलाई अण्डाको बोक्रालाई औषधिको रुपमा प्रयोग गर्न सकिने कुराबारे थाहा छ ? आज हामी तपाइँलाई यसैबारे जानकारी दिन्छौं । अण्डाको बोक्रामा क्याल्सियम प्रचुर मात्रामा पाईन्छ । जस्लाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ । र अण्डाको बोक्राको प्रयोगले रक्तअल्पता, एलर्जी र रुघा जस्ता रोगहरुबाट बचाउँदछ । यसले हड्डी र दाँतलाई बलियो बनाउनुका साथै रातो रक्तकोषलाई पनि सक्रिय गराउने काम गर्दछ ।
अण्डाको बोक्रामा कति मात्रामा क्याल्सियम पाईन्छ ?
एउटा मध्यम आकारको अण्डाको बोक्राबाट १ चम्चा धुलो बनाउन सकिन्छ । र यसमा ७५० देखि ८०० मिलिग्राम क्याल्सियमको मात्रा पाउन सकिन्छ । १ वर्ष र सोभन्दा माथि उमेर समुहका सम्पूर्ण मानिसलाई प्रतिदिन १०० देखि १२०० को मात्रामा क्याल्सियम तत्वको आवश्यकता पर्दछ । तर शिशु , गर्भवती वा स्तनपान गराउने महिलालाई भने क्याल्सियमको मात्रा कम भएपनि पुग्दछ ।
अण्डाको बोक्राको धुलो बनाउने विधि :
अण्डाको बोक्राको धुलो निम्नानुसार बनाउन सकिन्छ । :
१) सबैभन्दा पहिला अण्डाको सेतो भाग हटाउनको लागि खाली अण्डाको बोक्रालाई उमालेको पानीमा हाल्नुहोस् । अण्डाको बोक्राको सुक्ष्म आवरण नहट्ने गरी राम्ररी सफा गर्नुहोस् । किनकी यसमा हामीलाई चाहिने पौष्टिक तत्व पाईन्छ ।
२) नरम पातलो फोहोर पुछ्ने कागज ( टिस्यु पेपर ) ले अण्डाको बोक्राको टुुक्रालाई पुछेर सुख्खा बनाउनुहोस् ।
३) त्यसपछि यसलाई पिसेर धुलो बनाउनुहोस् ।
४) त्यसपछि यस धुलोलाई एउटा भाँडोमा हालेर अँध्यारो , सुख्खा र चिसो भएको ठाउँमा भण्डार गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७३२३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वासनली सम्बन्धि समस्याबाट तुरुन्तै छुटकारा पाउनको लागि अपनाउनुहोस यस्तो घरेलु उपाय