पेट ढुस्स भयो ? यसो गर्नुहोस्

एजेन्सी , पेट ढुस्स हुने समस्या छ भने अदुवा खानुहोस् यसले पेट ढुस्स हुने समस्याबाट छुटकारा दिन्छ । अदुवालाई सानो सानो टुक्रामा काटी पानीमा पकाउने । केहिबेर पकाएपछि पकाएको पानी पिउने र टुकालाई चुस्ने केही समयपछि हल्का भएको अनुभव हुन्छ ।

-पेट ढुस्स हुने समस्यालाई पुदिनाले पनि राम्रो गर्छ ।  पुदिनाको रस बनाएर या चियामा यसलाई मिसाएर खानाले खानाले पेट फुल्ने समस्याबाट छुटकारा दिन्छ ।

-खाना खाएपछि वा केही सेवन गरेपछी सुप खाने बानी एकदमै राम्रो हो । यसो गर्दा सुपले पाचन प्रक्रियामा सघाउँछ । यसले पेटको समस्या बाट जोगाउनुको साथै मुखको दुर्गन्ध पनि हटाउन सघाउछ ।

-पेट ढुस्स हुँदा कागती र पुदिनाको रस बनाई पिउनु राम्रो हुन्छ । पुदिना छैन भने सादा पानीमा कागती निचोरेर खाँदा पनि ठिक हुन्छ ।

-पेट फुल्ने वा ढुस्स हुन्छ भने धनियाँको पात वा झोल बनाई खाँदा पनि हुन्छ । यसले पाचन प्रकियालाई राम्रो तरिकाले संचालन गराउँछ र पेट फुल्न दिँदैन   ।

प्रकाशित : शनिबार, फागुन ०७, २०७३११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उचाई बढाउनको लागि अपनाउनु होस् यी प्राकृतिक तरिका