हरेक बिहान किसमिस पानी पिउनाले हुने अचम्मका फाईदाहरु

सुख्खा फलमा समावेश किसमिस अङ्गुरलाई सुकाएर तयार गरिन्छ । यसमा अङ्गुरको सबै गुुण पाईन्छ । किसमिसको प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम , म्याग्नेसियम र फाईबर जस्ता तत्व भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा भएको सबै तत्व पाईन्छ । आज हामी तपाइँलाई किसमिसको पानीले हाम्रो स्वास्थ्यमा पुर्याउने फाईदाबारे जानकारी दिन्छौं ।
तयार गर्ने विधि :
सबैभन्दा पहिला एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । त्यसपछि बिहान यस पानीलाई पिउनुहोस् । यसबाट तपाइँलाई अनेक किसीमको स्वास्थ्यसम्बन्धि लाभ मिल्दछ । जुन निम्नानुसार छ । :

फाईदाहरु :
१) यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई हटाउँदछ ।
२) किसमिसको पानीलाई दिनहुँ  पिउनाले कोलेस्ट्रोल ( बोसो ) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस् ।
३) नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउँदछ ।
४) किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।
५) कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।

प्रकाशित : शनिबार, फागुन ०७, २०७३०९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिशाबलाई लामो समयसम्म रोकेर राख्नाले तपाईलाई लाग्न सक्छ यस्ता गम्भीर रोगहरु