पिशाबलाई लामो समयसम्म रोकेर राख्नाले तपाईलाई लाग्न सक्छ यस्ता गम्भीर रोगहरु

बिगुल स्वास्थ्य / लामो समयसम्म पिशाबलाई रोकेर राख्नाले मुत्राशयको जिवाणुहरु विकसित हुने गर्दछ । र यसै कारणले गर्दा धेरै प्रकारको स्वास्थ्य सम्बन्धि समस्याहरु हुन सक्छ ।
पिशाबलाई रोक्नु :
पिशाब शरीरको सामान्य प्रक्रिया हो । जस्लाई महशुश हुने बितिक्कै १ देखि २ मिनेट भित्रमा निष्कासित गरिनुपर्दछ । मुत्राशय भरिने वितिक्कै आफै प्रतिक्रिया प्रणालीले तपाइँको मस्तिष्कमा बाथरुम जाने सङ्केत दिने गर्दछ । पसिना जस्तै पिशाबको माध्यमले पनि शरीरको अनावश्य तत्वहरु बाहिर निस्किने गर्दछन् । यदि यो थोरै समय पनि धेरै मात्रामा शरीरमा रहेमा संक्रमणको शुरुवात हुन सक्दछ ।
के पिशाबलाई धेरै बेरसम्म रोक्नु ठिक छ ?
केही मानिसहरुले पिशाबलाई धेरै बेरसम्म रोकेर राख्दछन् । तपाइँ पिशाबलाई कति बेरसम्म रोकेर राख्नसक्नुहुन्छ । भन्ने कुरा पिशाबको उत्पादन मात्रामा निर्भर गर्दछ । त्यसैगरी यो हाईड्रेशन (पानी मिसाउने काम ) को स्थिति , तरलपदार्थ र मुत्राशयको कार्यक्षमतामा भर पर्दछ । तर पिशाबलाई रोकेर राख्ने मानिसले यसलाई थाहा पाउने क्षमतालाई गुमाउँदछन् । जति बेरसम्म तपाइँ पिशाबलाई रोकेर राख्नुहुन्छ । त्यति नै मुत्राशय जिवाणुहरु विकसित भई धेरै प्रकारको स्वास्थ्यसम्बन्धि खतराको कारण बन्दछन् ।

पिशाबको रङ्ग परिवर्तन हुनु :
धेरै बेरसम्म पिशाबलाई रोकेर राख्नाले यसको रंगमा परिवर्तन आउने गर्दछ । यस्तो हुनुको कारण संक्रमण हुनसक्दछ । यसबाहेक चुकन्दर, बयर , जामुन , कुरिलो जस्ता केही खाद्यपदार्थको कारण पनि पिशाबको रङ्ग प्रभावित हुने गर्दछ । भिटामिन ‘ बी ’ ले पिशाबको रङ्गलाई हरियो र सलगमले रातो रङ्गमा परिवर्तन गर्दछ ।
मृगौलामा पत्थर :
पिशाबलाई एक देखि दुई घण्टासम्म रोक्ने कारणले गर्दा महिलाहरु र काम गर्ने युवाहरुमा पिसाबसम्बन्धि समस्याहरु आउने गर्दछ । जस्को शुरुवातमा मुत्राशय दुख्ने हुन्छ । त्यसैगरी ८ देखि १० घण्टासम्म बसेर काम गर्ने युवाहरुलाई पिशाब गर्नुपर्ने जरुरी महशुश तब हुन्छ । जब यस्ता व्यक्तिले काम गर्ने स्थितिलाई परिवर्तन गर्दछन् ।

यसै समयमा मृगौलाबाट मुत्राशयमा पिशाब जम्मा हुने गर्दछ । हरेक एक मिनेटमा दुई मिलिलिटर पिशाब मुत्राशयमा पुग्दछन् । जस्लाई प्रति १ देखि २ घण्टाको बीचमा खाली गरिनुपर्दछ । मुत्राशय खाली गर्ने ३ देखि ४ मिनेटको ढिलाईमा पिशाब दोस्रोपटक मृगौलामा फिर्ता जाने गर्दछन् । यस्तो स्थिति बारम्बार हुनाले पत्थरीको शुरुवात हुने हुन्छ । किनकी पिशाबमा यूरिया र एमिनो एसिड जस्तो विषालु तत्व पाईन्छ ।

प्रकाशित : शनिबार, फागुन ०७, २०७३१०:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पेट ढुस्स भयो ? यसो गर्नुहोस्