तपाईंले जान्नैपर्ने: ७ दिनसम्म नियमित नरिवलको पानीको प्रयोगले स्वास्थ्यमा हुने आश्चर्यजनक फाईदाहरु

एजेन्सी – नरिवलको पानीको प्रयोगले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने कुरा हामी सबैलाई थाहा छ । त्यसैगरी केही अवस्थामा नरिवलको पानीमा मानव जीवनलाई सुरक्षित गर्न सक्ने गुण पनि हुन्छ । नरिवलको पानी धेरै नै लोकप्रिय छ । र यसलाई तपाईंले सजिलै प्राप्त गर्न सक्नुहुन्छ । नरिवलको पानी त्यति स्वादिष्ट नहुन सक्छ , तर यसको प्रयोगबाट स्वास्थ्यमा धेरै नै फाईदा पुग्दछ ।

coconut

नरिवलको पानी पिउनाले हुने फाईदाहरु

नरिवलको पानी साधारणतया धेरै नै आश्चर्यजनक छ । यसले तपाईंको प्रतिरक्षा प्रणालीमा सुधार ल्याई जिवाणुहरुबाट बचाउँछ । र यसले मूत्रनलीमा संक्रमण गर्ने जिवाणुहरुलाई हटाउनुको साथै चिसो तथा संक्रमणका विषाणुहरुबाट मुक्ति दिलाउँछ ।

नरिवलको पानीले तपाईंको शारीरिक  शक्तिलाई बढाउनुको साथै थाइरोइड हर्मोनको उत्पादनमा बृद्धि गराउँछ । नरिवलको पानीमा मूत्रवर्धक गुण हुन्छ , जस्ले मृगौलासम्बन्धि समस्याहरुबाट मुक्ति दिलाउँछ । यसले तपाईंको मुत्रथैली तथा मुत्रनलीलाई सफा गर्नमा मद्धत पुर्याउँदछ । त्यसैगरी शरीरको विषालु पदार्थलाई हटाउनमा पनि मद्धत गर्दछ । यदि तपाईं मृगौलाको पत्थरी समस्याबाट ग्रसित हुनुहुन्छ भने, नियमित रुपमा नरिवलको पानी पिउनाले यस समस्याबाट पनि छुट्कारा पाउनको लागि मद्धत मिल्दछ ।

नरिवलको पानीमा प्रचुर मात्रामा फाईबर पाईन्छ । त्यसैले यसको प्रयोगबाट पाचनमा पनि सुधार आउँदछ । यदि तपाईंलाई ग्याष्ट्रिक छ भनेपनि नरिवलको पानीले छुट्कारा दिलाउँछ । यसको साथै नियमित प्रयोगले तपाईंको तौल पनि घटाउनमा मद्धत पुग्ने हुन्छ ।

नरिवलको पानीले छालासम्बन्धि समस्यालाई पनि हटाउँदछ । यसको लागि नरिवलको पानीमा कपासलाई भिजाई छालामा लगाउनुहोस् । यसले तपाईंको छालाको डण्डिफोर , चिल्लो छाला तथा छालासम्बन्धि विभिन्न समस्याहरुलाई हटाउनमा मद्धत पुर्याउँदछ । यसको प्रयोगले तपाईंको छाला स्वस्थ र सफा देखिन्छ ।

विशेषज्ञको अनुसार नरिवलको पानी गर्भवती महिलाको लागि पनि फाईदाजनक छ । यसले गर्भावस्थाका विभिन्न समस्याहरुबाट छुट्कारा दिलाउँछ । मात्र एक कप नरिवलको पानी पिउनाले पनि उच्च रक्तचाप नियन्त्रण हुने गर्दछ ।

तपाईंले बिहान नरिवलको पानी पिउनु भएमा दिनभर नै राम्रो महशुश गर्न सक्नुहुन्छ । यसले तपाईंको शरीरमा पानीको मात्रालाई कम हुन नदिई रोगलाई हटाउनमा मद्धत पुर्याउँछ ।

आफ्नो छालालाई अझ चम्किलो र नरम बनाउनको लागि हरेक दिन नरिवलको पानीलाई नियमित रुपमा पिउनुहोस् । त्यसैगरी शारीरिक व्यायाम गरिसकेपछि नरिवलको पानी पिउनाले यसले तपाईंको शरीरलाई फुर्तिलो बनाउँछ । यसले शरीरको भित्री तथा बाहिरी दुबै भागमा सकारात्मक प्रभाव पुर्याउँदछ। त्यसैले नियमित रुपमा  नरिवलको पानी पिउनुभई स्वस्थ रहनुहोस्।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७३२१:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तनावलाई हटाई खुुशीसाथ जिन्दगी बिताउनको लागि अपनाउनुहोस् , यी ९ महत्वपूर्ण कुराहरु :