तनावलाई हटाई खुुशीसाथ जिन्दगी बिताउनको लागि अपनाउनुहोस् , यी ९ महत्वपूर्ण कुराहरु :

जिन्दगीमा सुख र दुखको दौड चलिरहन्छ । जिन्दगीलाई खुशी साथ जिउने वा नजिउने भन्ने कुरा तपाइँमा निर्भर रहने कुरा हो । अर्थात, आफ्नो जीवनलाई सुखमय बनाउने हात तपाइँ आफैमा हुन्छ । जिवनमा आउने हरेक परिस्थितिलाई तपाइँले राम्रो व्यवहारले नियन्त्रण गर्ने कोशिश गर्नुभयो भने तपाइँ आफू मात्र नभई अरुलाई पनि खुशी राख्न सक्नुहुन्छ । त्यसैले जीवनलाई खुशीसाथ बिताउनको लागि तपाइँले केही कुराहरु अपनाउन जरुरी छ । आज हामी तपाइँले यसैसम्बन्धि केही कुराहरु बताउँछौ । जस्ले गर्दा तपाइँले आफ्नो जिन्दगी खुशीसाथ बिताउन सक्नुहुन्छ ।
१) उपस्थिति जनाउनु :
जुनसुकै काम गर्नुुभए पनि त्यसमा पुरै मन लगाएर गर्नुहोस् । तपाइँको शरीरु एक ठाउँमा र दिमाग अर्को ठाउँमा हुने गरि कहिल्यै पनि काम नगर्नुहोस् । आफ्नो दिमागलाई शान्त र स्थिर बनाईराख्नको लागि नियमित योग र व्यायाम गर्न सक्नुहुनेछ ।

२) संवेदनशीलता :
अति संवेदनशीलता भएको व्यक्तिमा अरुलाई आर्कषण गर्न सक्ने गुण हुन्छ । त्यसैले यस्ता व्यक्तिलाई धेरै मानिसले मनपराउँदछन् । र यीनीहरुले अरुलाई मानवताको महशुश पनि गराउन सक्छन् ।
३) स्पष्टता :
यदि तपाइँले अरुलाई भ्रममा नपारिकन आफ्नो कुरालाई स्पष्ट रुपमा भन्न सक्नुभएमा तपाइँलाई अरुले राम्रो नजरले हेर्दछन् ।
४) धैर्य :
धैर्य निकै नैै महत्वपूर्ण कुरा हो । यदि कुनै पनि कामको शुरुवात धैर्यका साथ गर्नु नै तपाइँको ठूलो साहस हो । धैर्यले तनावलाई कम गराउँदछ । साथै मेहेनतको परिणाम पनि सहि समयमा मिल्दछ ।
५) धन्यबाद :
धन्यबाद यस्तो एउटा शब्द हो । जस्ले तपाइँलाई अलगै किसीमको अनुभुति प्रदान गर्दछ । यदि तपाइँलाई कसैले मद्धत गर्दछ भने उसप्रति कृतज्ञता जनाउनु धेरै जरुरी छ । तपाइँको मुखबाट निस्किने धन्यबादले त्यस व्यक्तिलाई खुशी बनाउनुको साथै दोस्रोपल्ट पनि सहयोग गर्नमा उत्सुक गराउँदछ ।
६) सृजनशीलता :

तपाइँको विचार र सृजनशीलतालाई मानिसहरुको अगाडि बाँध्नुहोस् । कहिल्यैपनि आफ्नो भावना र सृजनशीलताको कलालाई लुकाएर नराख्नुहोस् ।
७) सत्यता :
सत्यता यस्तो गुण हो । जस्ले विश्वासलाई बढाउँछ । सत्यताले तपाइँको इमानदारीतालाई झल्काउँदछ ।
८) जोश :
यदि तपाइँ जोशजाँगरले भरिपूर्ण हुनुहुन्छ भने , तपाइँको हरेक कामलाई सजिलै सम्पन्न गर्न सकिन्छ । अल्छि हुनु मानिसको सबैभन्दा ठूलो दुश्मन  हो , जस्ले तपाइँको लक्ष्यमा बाधकको रुपमा काम गर्दछ ।
९) दयालु :
दयालु यस्तो गुण हो , जस्ले तपाइँलाई अरुको प्रेम प्राप्त गर्न सिकाउँदछ । यदि तपाइँको भित्र दयालुपन छैन भने तपाइँको लागि भावना र महशुशको कुनै मूल्य हुदैंन ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७३२१:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक बिहान किसमिस पानी पिउनाले हुने अचम्मका फाईदाहरु