सजिलै पाईने किम्बु , जसले क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ – अमेरिकी सोधकर्ता

किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ । धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि हुन्छ । किम्बुको रुखको प्रयोग काठ र रेशमको किरालाई खुवाउने फलको रुपमा गरिन्छ । तर किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । साथै यसले विभिन्न रोगहरुबाट छुट्कारा दिलाउँछ । जस्तै : मधुमेह, हृदयसम्बन्धि रोगहरु र ट्युमर आदि ।
किम्बुको रुखको काठ लचिलो र धेरै समयसम्म टिक्ने किसीमको हुन्छ । त्यसैले यसको प्रयोग टेनिसको ब्याट , हकी खेल्ने छडि , फर्निचर र डुङ्गा बनाउनको लागि गरिन्छ । किम्बुले मधुमेह , उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा बढि हुनु, चिसो लाग्नु , मांसपेशी र जोर्नी दुख्नु, गठिया , कब्जीयत , रिंगटा लाग्नु , कपाल झर्नु आदि थुप्रै रोगहरुबाट बचाउँदछ ।

यसले कसरी काम गर्छ ?
किम्बुमा पाईने महत्वपूर्ण पदार्थलाई मधुमेह टाइप २ रोगको उपचारको लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसले चिनीको मात्रालाई रगतमा सोस्ने प्रक्रियालाई ढिलो गर्दछ । र शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

किम्बुमा जैविक एसिड , भिटामिन सी , केरोटिन, पेक्टिन , फाईबर , रेजिन जस्ता तत्वहरु पाईन्छ । जस्ले खोकी , ज्वरो , झाडापखाला , टाउको दुखाई , सुन्निनु जस्ता रोगबाट छुट्कारा दिलाउँछ ।
त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले यसलाई कोलेस्ट्रोललाई कम गर्न र हृदयसम्बन्धि रोगहरु हटाउनको लागि प्रयोग गर्न सकिन्छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयमा गरिएको अध्ययनबाट किम्बुमा प्राकृतिक फेनोल रेजभेरेट्रोल पाईने कुरा पत्ता लगाएको छ । जस्ले क्यान्सर , हृदयसम्बन्धि रोगसँग लड्न मद्धत गर्दछ ।

किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । तर यस्को प्रयोग धेरैजसो रगतमा चिनीको मात्रा कम गर्नको लागि मात्र गरिन्छ । हामीलाई स्वास्थ्यसम्बन्धि समस्याहरु धेरैजसो मधुमेह, सुन्निने र मोटोपनबाट हुने गर्दछ । यदि तपाइँले शरीरमा रगतमा बढि भएको चिनीको मात्रालाई कम गर्नको लागि प्राकृतिक उपचारको रुपमा प्रयोग गर्न चाहनु हुन्छ भने,  यो एकदम राम्रो उपाय हो ।

किम्बुलाई रगतमा चिनीको मात्रालाई कम गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने  कुरा खोजअनुसन्धानबाट पत्ता लगाईसकेको छ । र अहिले  यसको अनुसन्धान ट्युमरको उपचारको लागि  भईरहेको छ ।
तपाइँले पक्कै पनि किम्बुको रुख , फल देख्नुभएकै होला । यसले स्वास्थ्यसम्बन्धि धेरै फाईदा गर्दछ भन्ने  कुरा तपाइले  थाहा पाई सक्नु भएको छ । त्यसैले यसको प्रयोग गर्नुहोस् र स्वस्थ रहनुहोस् ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७३१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्राणघातक क्यान्सर रोगलाई निको पार्ने आश्चर्यजनक औषधिको नयाँ खोज भिडियो सहित