५ साधारण व्यायाम जसले तपाईलाई २८ दिनमै यस्तो फिट एण्ड फाईन बनाईदिन्छ

एजेन्सी – आजभोली सबैजना स्वस्थ तथा फिटनेसको खोजीमा छन् । यसका लागि मानिसहरु विभिन्न ब्यायाम गर्नुको साथै महङ्गा फिटनेसका सामाग्रीहरुको प्रयोग गरी स्वस्थ रहने कोशिस गर्दछन् । कोही मानिसहरु खाना कम मात्रामा खाई विभिन्न शारिरीक कसरतहरु घरमै गर्ने गर्दछन् । तर यसबाट राम्रो परिणाम पाउन सकिरहेका हुदैंनन् । साधारणतया सामाग्री तथा उपकरणमा निर्भर नभई स्वस्थ रहने बानीलाई आफ्नो जीवनमा उपयोग गर्ने मानिसले  नै दिगो रुपमा प्रगति गर्नुको साथै आफ्नो जीवन सुखीमय बनाउन सक्दछन् ।

आज हामी तपाइँलाई चमत्कारिक व्यायामको बारेमा जानकारी दिन्छौं । जस्ले तपाइँको शरीरलाई स्वस्थ तथा फूर्तिलो राख्न मद्धत गर्दछ । यसको लागि तपाइँले ५ व्यायामलाई नियमित रुपमा गर्न जरुरी छ । तपाइँले हरेक दिन यस कसरतलाई गर्नुभयो भने,  आफ्नो शरीरमा आएको परिवर्तनलाई एक महिनाभित्रमा नै देख्न सक्नुहुनेछ । यो विधि शरीरमा एब्स बनाउनको लागि पनि उपयुक्त छ । तपाइँले गर्नुपर्ने ५ किसीमका व्यायामहरु निम्नानुसार छन् ।

१) प्लान्क 
यो धेरै नै राम्रो अभ्यास हो । यस व्यायामले तपाइँलाई बलियो पाखुरा तथा ऐब्स बनाउनमा मद्धत गर्दछ । सबैभन्दा पहिला पुसअप पोजिशनमा बस्नुहोस् । त्यसपछि आफ्नो कुहिनालाई ९० डिग्रीमा बाङ्गो पारी पाखुराको आधार लिई टाउको देखि खुट्टासम्म सीधा हुनेगरी बस्नुहोस् । आफ्नो कमर तथा नितम्बलाई नचलाईकन सकेसम्म यस पोजिशनलाइ रोकेर राख्नुहोस् ।

२) पुसअप 
पुसअप व्यायामले तपाइँको शरीरलाई फिट बनाउन मद्धत गर्दछ । यस व्यायामको लागि सबैभन्दा पहिला प्लान्कको पोजिशनमा बस्नुहोस् । आफ्नो हातलाई पाखुराको ठिक मुनि राखी आफ्नो खुट्टालाई सीधा तन्काई पुरा शरीरलाई माथि घचेट्नुहोस् । त्यसपछि शरीरलाई तल लानुहोस् । र यसै प्रक्रियालाई दोहार्याउनुहोस् ।

३) स्क्वाट्स

स्क्वाटको लागि सबैभन्दा पहिला हातलाई आफ्नो अगाडि लग्नुहोस् । त्यसपछि टाउकोले सीधा अगाडि हेरी अलिकति तल गई बस्नुहोस् । यसबेला तपाइँको पछाडिको भाग पुरै गोलो भएको हुनुहुदैन । यदि सक्नुहुन्छ भने यसलाई अझ तलसम्म लगेर तिघ्रालाई भुइँसंग सामानान्तर हुनेगरी राख्ने कोशिश गर्नुहोस् । त्यसपछि पहिलेकै अवस्थामा आउनुहोस् ।

४) बर्ड डग
यसको लागि सबैभन्दा पहिला प्लान्क पोजिशनमा बस्नुहोस् । त्यसपछि घुँडा तथा हातको आधार लिई एकै समयमा एउटा खुट्टा र त्यसको विपरित हातलाइ सीधा तन्काउनुहोस् । त्यसपछि एकछिन रोकेर यसै प्रक्रियालाई अर्को हात र खुट्टामा पनि गर्नुहोस् ।

५) लाइन्ग हिप रेजेज 
सबैभन्दा पहिला आफ्नो घुँडालाई अलिकति बाङ्गो गरी भुँईमा सुत्नुहोस् । त्यसपछि आफ्नो हातलाई ४५ डिग्री बनाई फैलाउनुहोस् । र कम्मरलाई माथि उचाल्नुहोस् । त्यसपछि विस्तारै तल ल्याउनुहोस् । यसै प्रक्रियालाई फेरि दोह्रोयाउनुहोस् ।

माथिका व्यायामहरुलाई निम्नानुसार योजना बनाई गर्नुहोस् ।

चार सप्ताहको योजना 
यस योजनाअन्तर्गत तपाइँले दुई किसीमले कसरतको योजना बनाई गर्नुपर्ने हुन्छ ।

कसरत – १
१) १ मिनेट प्लान्क
२) १ मिनेट पुसअप
३) २ मिनेट स्क्वाट्स
४) १ मिनेट बर्ड डग
५) १ मिनेट लाइन्ग हिप रेजेज
६) १ मिनेट प्लान्क
७) १ मिनेट पुसअप
८) २ मिनेट स्क्वाट्स

तपाइँले यस अभ्यासको बीचमा १० सेकेण्ड आराम गर्न सक्नुहुन्छ ।

कसरत – २
१) ३ मिनेट प्लान्क
२) ३ मिनेट बर्ड डग
३) ३ मिनेट लाइन्ग हिप रेजेज
४) १ मिनेट पुसअप
यस अभ्यासको बीचमा तपाइँले १५ सेकेण्डको आराम लिन सक्नुहुन्छ ।

तपाइँले यस किसीमले कसरतलाई हप्तामा ६ दिन सम्म गर्नुहोस् । र एकदिन आराम लिनुहोस् ।

पहिलो हप्ता 
पहिलो दिन :कसरत – १
दोस्रो दिन :कसरत – २
तेस्रो दिन :कसरत – १
चौथो दिन :कसरत – २
पाचौं दिन :कसरत – १
छैटौं दिन :कसरत – २
सातौं दिन :आराम

दोस्रो हप्ता 

पहिलो दिन :कसरत – २
दोस्रो दिन :कसरत – १
तेस्रो दिन :कसरत – २
चौथो दिन :कसरत – १
पाचौं दिन :कसरत – २
छैटौं दिन :कसरत – १
सातौं दिन :आराम

दोस्रो हप्तालाई पुरा गरिसकेपछि पुनः पहिलो हप्तामा आउनुहोस् ।

यसरीे नियमित रुपमा कसरत गर्नाले आएको परिणाम बाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ । यसबाट तपाइँको शरीर बलियो र कस्सेको देखिन्छ । र यसले गर्दा तपाइँलाई राम्रो महशुश हुनेछ । र स्वास्थ्यमा पनि सुधार आउनेछ । यसको अभ्यास गर्दा तपाइँले स्वस्थ खाना खानुको साथै प्रशस्त मात्रामा पानी पिउन जरुरी छ । यस अभ्यासको प्रयास गर्नुहोस् र आएको परिणामलाई तपाइँ आफैले हेर्न सक्नुहुनेछ ।

प्रकाशित : शनिबार, माघ २९, २०७३१७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सजिलै पाईने किम्बु , जसले क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ – अमेरिकी सोधकर्ता