यसरी २ दिनमै अनुहार रातो हुने समस्या हटाउनुस्, अनि अरुको अगाडि लात्जित हुनबाट सधैँका लागि बच्नुस्

एजेन्सी – अनुहारको छाला विभिन्न कारणले रातो हुने गर्दछ । जस्तै : उत्तेजित हुनु  , १ वा २ गिलास रक्सी पिउनु  , मसालादार खाना खानु  आदि । यदि तपाइँको अनुहारको छाला पनि यी कारणहरुले गर्दा रातो हुन्छ भने , तपाइँलाई रोसासिया (छाला रातो हुने रोग) को समस्या भएको हुनसक्छ । रोसासिया भएमा सबैभन्दा पहिला छाला रातो देखिन्छ । त्यसपछि छाला सुनिएर खटिरामा परिणत हुने गर्दछ ।

यस किसीमको समस्या भएका मानिसहरु यसलाई देखि लज्जित भई असुरक्षित भएको महशुश गर्ने गर्दछन् । यदि तपाइँमा पनि यस्तै समस्या छ भने, तपाइँले चिन्ता लिनुपर्ने कुनै आवश्यकता छैन । किनकी आज हामी तपाइँलाई यस समस्याबाट मुक्ति पाउने सरल उपायबारे जानकारी दिन्छौं ।

ध्यान दिनुपर्ने कुरा :
यदि तपाइँको अनुहारमा छाला रातो हुने र चाडैं सुनिने समस्या छ भने , हरेक समय अनुहारलाई ताजा , सफा र सुन्दर बनाईराख्नुपर्ने हुन्छ । एक कप चिया वा सुप , पिरो आदि खानाले तपाइँको अनुहारको छाला रातो हुन्छ भने सकेसम्म यस्ता खानेकुरालाई नखानुहोस् । विशेषज्ञहरुका अनुसार यदि तपाइँमा छाला रातो हुने समस्या छ भने , घरबाहिर हुदाँ सधैं मोइस्चराइजर ( छालालाई नरम बनाउने ) क्रिम र शुद्ध पानीको प्रयोग घण्टैपिच्छे गरिरहनुपर्ने हुन्छ ।

सूर्यको किरण देखि सावधान रहनुहोस् । :
सुर्यको किरणले हाम्रो अनुहारको छालामा नराम्रो असर पुर्याउँछ । अनुहारको छालालाई सफा र शुद्ध बनाइराख्नको लागि यसको सुरक्षा कसरी गर्ने भन्नेबारे सोच्न आवश्यक छ । टन्टलापुर घाम लागेको समयमा बाहिर जानुहुदाँ आफ्नो अनुहारलाई छोप्नको लागि टोपी लगाएर मात्र जानुहोस् । त्यसैगरी सनस्क्रिनले सुर्यको  किरणलाई छालाभित्र पस्न दिन्छ । तर सनब्लकरले सुर्यको किरण छालाभित्र पस्न दिदैन । त्यसैले अनुहारको छालामा सनस्क्रिन भन्दा  सनब्लकरको प्रयोग गर्नु  राम्रो हुन्छ । त्यसैगरी  जिंक अक्साइड संग सन्ब्लकरको प्रयोग धेरै नै राम्रो मानिन्छ |

सौन्दर्यता  बचाउने उपाय :
सौन्दर्य प्रशाधनको अनुसन्धानबाट हरियोे चिया र सेतो चिया हाम्रो छालाको स्वास्थ्यको लागि धेरै नै राम्रो छ भन्ने कुरा पत्ता लगाइएको छ । हरियो चियाले पाचनशक्तिलाई बढाई हाम्रो तौल घटाउन पनि मद्धत गर्दछ । सुर्यको किरणबाट छालामा पर्ने नकारात्मक असरलाई घटाउन मद्धत गर्ने भएकोले हरियो चिया रोसासियाको समस्या भएका मानिसहरुको लागि धेरै फाईदाजनक छ । त्यसैले यसको प्रयोग गर्नुहोस् । र सौन्दर्यतालाई बिग्रिनबाट बचाउनुहोस् |

 

प्रकाशित : शनिबार, माघ २९, २०७३१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जापनिज र कोरियनहरु ५०/६० वर्षको उमेरमा पनि १६ वर्षको जस्तै सुन्दर र जवान दिखिनुको राज यस्तो!