जापनिज र कोरियनहरु ५०/६० वर्षको उमेरमा पनि १६ वर्षको जस्तै सुन्दर र जवान दिखिनुको राज यस्तो!

एजेन्सी – शताब्दीयौंदेखि प्रयोग गरिदैं आएको चामललाई सौन्दर्यको राम्रो साधन मानिन्छ ।  विशेषरुपमा जापानीहरुको सौन्दर्यताको लागि चामल धेरै नै महत्वपुर्ण छ । चामलमा भिटामिन बी हुने भएकोले यसको प्रयोगबाट कोशिकाहरुको विकासमा पनि सहयोग पुग्दछ । साथै यसले उमेर बढाउने प्रकृयालाई ढिलो गर्दछ ।

जापानीहरु उमेर बढाउने प्रक्रियालाई ढिलो गरी जवान देखिनको लागि चामलको फेस मास्कको प्रयोग गर्ने गर्दछन् । तपाइँले पनि दुध, चामल र महबाट बनेको फेस मास्कको प्रयोग गर्नुभएमा आफ्नो अनुहारमा भएको परिवर्तनलाई छिटै देख्न सक्नुहुनेछ । यसले तपाइँको छालालाई धेरै कोमल ,नरम र उज्ज्वल बनाउँदछ ।

बनाउने विधि :
२–३ चम्चा चामललाई नरम नभएसम्म पकाउनुहोस् । त्यसपछि यसमा बाँकी भएको पानी पछि आवश्यक पर्ने हुँदा निकालेर एउटा सफा कचौरामा हाल्नुहोस् । त्यसपछि पकाएको चामललाई पानीले पखाल्नुहोस् । र एक चम्चा तातो दुधलाई चामलसँग मिसाउनुहोस् । यसलाई राम्ररी चलाई एक चम्चा महलाई मिसाउनुुहोस् । त्यसपछि बाक्लो मिश्रणलाई अनुहारमा र घाँटीमा लगाउनुहोस् । यसलाई आधि घण्टासम्म त्यसै छोड्नुहोस् । यसपश्चात चामलको पानीले पखाल्नुहोस् ।

तपाइँले यस विधिको प्रयोगबाट चामल तथा चामलको पानीबाट हुने स्वास्थ्यसम्बन्धि फाईदाहरु पनि प्राप्त गर्नुसक्नुहुन्छ । चामलमा एन्टिअक्सिडेन्ट तथा सोस्न सक्ने गुण हुने भएकोले यसले आँखाले नदेख्ने प्रकाशको किरण (अल्ट्राभायोलेट रेज ) सँग लड्नमा मद्धत गर्नुको साथै छालालाई हाइड्रेट ( पानी मिसाउने काम ) गर्दछ ।

चामलको पानीलाई फ्रिजमा राखी ४ दिनपछि पनि प्रयोग गर्न सक्नुहुन्छ । यस पानीलाई तपाइँले अनुहारमा मलहमको रुपमा पनि लगाउन सक्नुहुन्छ । यसका साथै चामलको पानीलाई बरफ बनाई यसले अनुहारमा मालिस पनि गर्न सक्नुहुन्छ ।

प्रकाशित : शनिबार, माघ २९, २०७३१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालो घाँटी भएर तनावमा हुनुहुन्छ,त्यसोभए यस्तो छ १ मिनेटमै गोरो पार्ने चमत्कारिक उपाय