यी हुन् ८ संकेत जसबाट थाहा हुन्छ, तपाईको शरीरमा पर्याप्त मात्रामा पानी छ, छैन !, सबै जान्नै पर्ने कुरा

एजेन्सी – पानी बिना हाम्रो जीवन असम्भव छ । भित्री शारिरीक प्रक्रियामा पानीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । पानीले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रण गर्नुको साथै पाचन प्रक्रियामा पनि सहयोग पुर्याउँदछ । त्यसैगरी यसले शरीरको अनावश्यक विषालु पदार्थलाई हटाउँदछ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनु अत्यन्त जरुरी छ । यदि तपाइँले प्रयाप्त मात्रामा पानी पिउनु भएनभने , धेरै कठिनाईहरुलाई झेल्नुपर्ने अवस्था आउन सक्छ ।                                                       

हामीले पिउने कफी , चिया , जुस आदिलाई शरीरलाई आवश्यक पर्ने तरलपदार्थको रुपमा मान्न सकिदैंन । झन कफि तथा पेयपदार्थमा केफीन पाईन्छ । जस्ले हाम्रो शरीरलाई सुख्खा पार्ने काम गर्दछ । तपाइँले शरीरलाई आवश्यक मात्रामा पानी पिउनुभएको छ वा छैन भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज हामी यसैबारे जानकारी दिन्छौं । जस्लाई निम्न ८ सङ्केतबाट जानकारी पाउन सकिन्छ ।

१) पिशाब गर्ने संख्या 
स्वस्थ व्यक्तिले औसत ६–७ पटक पिशाब गर्ने गर्दछन् । कसैले धेरै पानी पिउँदछन् भने कसैले पिउँदैनन् । यहि कारणले गर्दा पिसाब गर्ने सङ्ख्या मानिसै पिच्छे फरक हुने गर्दछ । तर यदि तपाइँले २–३ पटक भन्दा कम पिशाव गर्नुहुन्छ वा धेरै घण्टासम्म गर्नुहुन्न भने , यसले तपाइँले प्रयाप्त मात्रामा पानी पिउनुभएको छैन भन्ने कुराको सङ्केत गर्दछ । प्रयाप्त मात्रामा पानीको सेवन नर्गनाले मृगौलाले मिश्रणलाई छान्ने प्रक्रियालाई राम्रोसँग गर्न सक्दैन । तसर्थ शारिरिक प्रक्रियाहरु राम्ररी सञ्चालन हुनको लागि प्रयाप्त मात्रामा पानी पिउन अत्यन्त आवश्यक छ ।

२) सुख्खा छाला 
छालालाई नरम र चम्किलो बनाइराख्नको लागि पानीको आवश्यकता पर्दछ । प्रयाप्त मात्रामा पानीको सेवनले छाला स्वस्थ रहन्छ । पानीले छालालाई नरम बनाई सुख्खा हुन दिदैन । सुख्खा छाला जलविहिन अवस्थाको सूचक हो । यदि तपाइँको छालामा लोशनको प्रयोग गरेपछि पनि छाला सुख्खा रहन्छ , भने यसले शरीरमा पानी नपुगेको अवस्थाको सङ्केत गर्दछ । त्यसैले हरेक दिन प्रत्येक घण्टामा केही गिलास पानी पिउने प्रयास गर्नुहोस् । यसले तपाइँको छालालाई नरम बनाउनुको साथै स्वस्थ राख्न मद्धत गर्दछ ।

३) टाउको दुख्नु 
यदि तपाइँको टाउको दुखाईको समस्या भर्याङ्गमा चढ्दा वा ओर्लिदा , निहुरिंदा , छिटो दर्गुदा झन झन बिग्रदैं जान्छ भने, यसले तपाइँको शरीरमा पानी आवश्यक मात्रामा नभएको कुराको सङ्केत गर्दछ ।

४) मुख सुख्खा हुनु 
मुखमा राल निर्माणको कमीले गर्दा मुख सुख्खा हुने गर्दछ । मुख सुख्खा हुनुको कारण पानीको कमी हुनु हो । पानीको कमी भएमा यसले कम मात्रामा रालको निर्माण गर्दछ । यदि तपाइँलाई पनि मुख सुख्खा हुने समस्या भएमा १ बोतल पानी सधैं साथमा राख्नुहोस् र निरन्तर रुपमा पानीको सेवन गर्नुहोस् ।

५) पिशाबको रङ्ग 
पिशाबको रङ्ग परिवर्तनले पनि शरीरमा पानीको मात्रा कम भएको सङ्केत गर्दछ । यदि तपाइँको शरीरमा प्रयाप्त मात्रामा पानी छ भने , तपाइँको पिशाब सफा देखिन्छ । त्यसैगरी तपाइँको शरीरमा पानी कम हुनासाथ तपाइँको पिशाबको रङ्ग पनि परिवर्तन हुने गर्दछ । तपाइँको पिशाबको रङ्ग गाढा भएको छ भने , यसले तपाइँले तुरुन्तै पानी पिउनुपर्नेे कुराको सङ्केत गर्दछ । तर हत्तारमा धेरै पानी पिउनु पनि राम्रो हुदैंन । यसले तपाइँलाई झन बिरामी बनाउन सक्दछ । त्यसैले विस्तारै पानी पिउनुहोस् । पानीको मात्रा हामीले पिशाबको रङगबाट थाहा पाउन सक्छौं । यसको लागि तलको चार्ट हेर्नुहोस् ।

६) भोक 
तपाइँलाई भोक लागेको समयमा खानेकुरा खाँदा पनि तपाइँको भोक मेट्दैन भने , यसले तपाइँको शरीरलाई पानीको आवश्यकता भएको कुरा सङ्केत गर्दछ ।

७) रिंगटा लाग्नु 
कहिलेकाहिं तपाइँको शरीरबाट धेरै तरल पदार्थ खेर गएको हुनसक्छ । यस्तो अवस्थामा पानीको कमीले गर्दा तपाइँलाई रिंगटा लाग्ने सम्भावना हुन्छ । यो अवस्था घाममा धेरै बेर बस्ने खेलाडिहरुको लागि साधारण कुरा हो । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनु अत्यन्त जरुरी छ ।

८) अन्य लक्षणहरु 

तपाइँको शरीरमा पानी नपुगेको कुरा निम्न लक्षणहरुबाट पनि थाहा पाउन सकिन्छ ।

  • मुत्रमार्गमा संक्रमण
  • समयभन्दा पहिला नै बृद्ध हुनु
  • व्याकुलता
  • कोलेस्ट्रोलको मात्रा बढि हुनु
  • कब्जियत

 

प्रकाशित : बिहिबार, माघ २७, २०७३१८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी मेथीको मास्क बनाएर लागाउनुस्, फुस्रो, फुङ्ग उडेको कपाल कालो लामो र आर्कषक बनाउनस् (भिडियो सहित)