अनुहारमा घ्यू-कुमारी लगाउनुस् अनि १५ मिनेटपछि हेर्नुहोस् के हुन्छ परिणाम ! तपाई आश्चर्यमा पर्नुहुनेछ 

एजेन्सी – औषधिय गुण हुने भएकोले घ्युकुमारीको प्रयोग विभिन्न सौन्दर्र्य उत्पादनमा गरिन्छ । मानिसहरु आफ्नो छालालाई नरम र चम्किलो बनाउनको लागि महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्दछन् ।

यसबाट धेरै पैसा खर्च हुने हुन्छ । त्यसैले आफ्नो छालालाई सुन्दर तथा आर्कषक बनाउने कोशिश तपाइँले प्राकृतिक उपायबाट पनि गर्न सक्नुहुन्छ । यसको लागि तपाइँलाई मात्र एउटा सामाग्री घ्युकुमारीको आवश्यकता पर्दछ । यसको प्रयोगले तपाइँमा आउने परिवर्तनबाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ । यसलाई प्रयोग गर्ने विधि निकै सरल छ । जुन निम्नानुसार छ ।

१) राम्ररी पखाल्नुहोस                                                                                                                 सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।

२) नरम बनाउनुहोस 
यसपछि घ्युकुमारीको पातलाई जोडले हानेर नरम बनाउनुहोस् । यसको लागि तपाइँले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ।

३) दुई टुक्रामा काट्नुहोस 
घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र काट्नुहोस् ।

४) किनारालाई काट्नुहोस् 
एउटा चक्कुको मद्धतले घ्युकुमारीको  दुबै भागको किनारालाई काट्नुहोस् । यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसलाई खुर्काउनसक्नुहुनेछ ।

५) चिरेर दुई भागमा छुटाउनुहोस 
घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।

६) रसलाई बाहिर निकाल्नुहोस् 
एउटा चम्चाको मद्धतले घ्युकुमारीको पातबाट रसलाई निकाल्नुहोस् । तपाइँले जति सक्नुहुन्छ , त्यति नै यसबाट रसलाई निकाल्न सक्नुहुन्छ । यसपछि रसलाई एउटा भाँडोमा हाल्नुहोस् ।

७) अनुहारमा दल्नुहोस 
औंलाको मद्धतले घ्युकुमारीको रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपाइँले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ – २० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

८) अनुहारलाई पखाल्नुहोस 
फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।

९) परिणाम 
त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् ।  तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपाइँको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपाइँ आश्चर्यमा पर्नुहुनेछ ।

प्रकाशित : आइतबार, माघ २३, २०७३१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो फेस मास्क, जसले मुखको दाग/धब्बा, खटिरा, चाउरीपन निर्मुल पर्छ, प्रयोग गरेकै दिनमा पाउनुस् परिमाण