यस्तो फेस मास्क, जसले मुखको दाग/धब्बा, खटिरा, चाउरीपन निर्मुल पर्छ, प्रयोग गरेकै दिनमा पाउनुस् परिमाण 

एजेन्सी – अनुहारको दाग , खटिरा हटाई जवान तथा सुन्दर देखिने रहर सबैको हुन्छ । खासगरी महिलाहरु अनुहारलाई राम्रो बनाउनको लागि सौन्दर्य प्रशाधनमा धेरै पैसा खर्च गर्ने गर्दछन् । तर तपाइँले चमत्कारिक् प्राकृतिक घरेलु उपायबाट  अनुहारको समस्याहरु जस्तै : छालाको दाग , कोठ्ठि , खटिरा आदि सजिलै हटाउन सक्नुहुन्छ ।

यस चमत्कारपूर्ण प्राकृतिक उपायबाट तपाइँको पैसा र समय दुबै बचत हुन्छ । यस विधिमा आवश्यक पर्ने सामाग्रीहरुको प्रयोगबाट स्वास्थ्यमा राम्रो प्रभाव पार्ने कुरालाई शताब्दियौं देखि विश्वास गरिदैं आएको छ । यस प्राकृतिक औषधिलाई बनाउने तरिका निम्नानुसार छ । :

आवश्यक सामाग्रीहरु :
१) १ चम्चा मह
२) आधा चम्चा जाइफल
३) १ चम्चा कागतीको रस
४) आधा चम्चा दालचिनीको धुलो

बनाउने विधि :
१) माथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । यदि तपाइँको अनुहारको छाला धेरै नै संवेदनशील छ भने , केही मात्रामा थप महलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् ।
२) महमा औषधिय गुण हुने भएकोले यसको प्रयोग प्राचीन समयदेखि नै गरिदैं आएको पाईन्छ । तर छालासम्बन्धि रोग वा रोसासिया ( छाला रातो हुने ) रोग भएका मानिसहरुले भने महको प्रयोग गर्नुहुदैंन ।
३) महको सट्टामा तपाइँले कमेरो ( व्हाइट क्ले ) को प्रयोग गर्न सक्नुहुन्छ । यसलाई पनि महकै अनुपातमा अलि बढि पानीलाई मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणको प्रयोगले तपाइँको अनुहारलाई अझ राम्रो बनाउँछ ।
४) यस फेस मास्कलाई मुख र आँखा बाहेक अनुहारको सबै भागमा लगाउनुहोस् । यसलाई १० मिनेटसम्म सुक्न दिनुहोस् । त्यसपछि मन्तातो पानीले मुख धुनुहोस् । यसको उपचार पछि मइस्चराइजर क्रिमलाई अनुहारमा लगाउनुहोस् ।

तपाइँले यस फेस मास्कलाई लगाउनु हुँदा अनुहारमा चर्चाएको वा पिनले घोचेको जस्तो महशुश हुन सक्छ । तर नआत्तिनुहोस् । यो चाडैं नै निको हुन्छ ।

नोट: यो पूर्ण रुपले प्राकृतिक बिधि हो । यसले कुनै साइड इफेक्ट गर्दैन । तर, यसको  प्रयोग गर्नु भन्दा पहिले सम्बन्धित बिषय विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनु भएमा धेरै राम्रो हुन्छ । तपाइको अनुहारमा आएका दाग,धब्बा र खतरा यदि कुनै अन्य जटिल रोग या समस्याबाट आएको भएमा यसले काम नगर्न सक्छ । 

प्रकाशित : सोमबार, माघ २४, २०७३१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक मात्र १२ मिनेट यो व्यायाम गर्नुस्, अनि बन्नेछ तपाईको आकर्षक तिघ्रा (भिडियो)