शरीरमा मुसा आएर बाहिर हिड्न नै लाज लाग्छ, चिन्ता छोड्नुस् यसो गर्नुस् केहि दिनमै मुसा गायब 

एजेन्सी – हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसैकारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ? – सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग ( छालाको घाउ ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ ।
घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

विधि : केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर  राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु  :

  • गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । र अरुलाई पनि गर्न नदिनुहोस् ।
  • तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् ।
  • आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै : प्रजनन अङ्ग , मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् ।

 

प्रकाशित : आइतबार, माघ २३, २०७३१४:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारमा घ्यू-कुमारी लगाउनुस् अनि १५ मिनेटपछि हेर्नुहोस् के हुन्छ परिणाम ! तपाई आश्चर्यमा पर्नुहुनेछ