७ कागती प्रयोग गर्ने आश्चर्यजनक तरिका, देखाउनै लाज लाग्ने हात होस् या अनुहार एक छिनमै क्यिलियर

एजेन्सी – कागतीको चिया धेरै नै स्वादिष्ट हुने भएकोले प्राय सबैले यसलार्ई पिउने गर्दछन् । तर के तपाइँलाई कागतीमा हुने अरु गुणबारे थाहा छ ? कागतीमा स्वास्थ्य र सौन्दर्यलाई प्रभाव पार्ने चमत्कारिक गुण हुन्छ । कागतीले हाम्रो कपाललाई प्राकृतिक रुपमा सुन्दर , बलियो र बाक्लो बनाउन मद्धत गर्नुको साथै छालामा पनि राम्रो असर पुर्याउँदछ । कागतीमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसले बोसोलाई हटाउनमा पनि मद्धत गर्दछ । आज हामी तपाइँलाई सौन्दर्यताको लागि कागतीको प्रयोगबाट हुने फाईदाबारे जानकारी दिन्छौं ।

कागतीले कपाललाई चम्किलो र सुन्दर बनाउँछ । 
यदि तपाइँ आफ्नो कपाललाई चम्किलो र सुन्दर बनाउन चाहनुहुन्छ भने , कपालमा कागतीको रसलाई राखि घाममा सुकाउनुहोस् । सूर्यको मद्धतबाट कागतीले कपाललाई चम्किलो तथा आर्कषक बनाउँदछ । राम्रो परिणामको लागि कमसेकम हप्तामा १ पटक यसको प्रयोग गर्नुहोस् ।

कागतीले तपाइँको ओंठलाई सुख्खा हुन दिदैन । 
ओंठलाई सुख्खा हुन नदिनको लागि तपाइँले प्राकृतिक उपायको रुपमा कागतीको प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि सुत्नुभन्दा अगाडि ओंठमा ताजा कागतीको रसको प्रयोग गर्नुहोस् ।

कागतीलाई दुर्गन्ध हटाउनको लागि प्रयोग गर्न सकिन्छ । 
धेरै विशेषज्ञहरुको अनुसार कागतीलाई काखीको दुर्गन्ध हटाउनको लागि उत्कृष्ट वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसले दुर्गन्ध हटाउने मात्र नभई काखीको कालो दागलाई हटाउनमा पनि सहयोग गर्दछ । कागतीमा साइट्रिक एसिड पाईन्छ । जसले जिवाणुहरुलाई नष्ट गरी दुर्गन्धलाई हटाउँदछ । त्यसैले यसले आपतकालीन दुर्गन्ध हटाउने काम गर्दछ । यसको लागि कागतीको रसलाई जौसँग मिसाउनुहोस् । त्यसपछि यसमा अलिकति महलाई मिसाई पेस्ट बनाई लगाउनुहोस् ।

कोठ्ठीलाई हटाउनको लागि कागतीको प्रयोग गर्न सकिन्छ । 
कागतीले विषालुपदार्थलाई हटाउने तथा छालालाई सफा राख्ने काम एउटै समयमा गर्दछ । यसै कारणले गर्दा यसको प्रयोग कोठ्ठीको समस्याबाट छुट्कारा पाउनको लागि पनि गर्न सकिन्छ । यसको लागि आफ्नो अनुहारको छालामा कागतीलाई दल्नुहोस् । र १० मिनेट त्यसै छोड्नुहोस् । यसलाई लगाईसकेपछि घामबाट भने टाढा रहनुुहोस् । कागतीले तपाइँको छालाको चिल्लोलाई हटाई अनुहारलाई आर्कषक बनाउँदछ ।

कागतीको मद्धतबाट छालाको हेरविचार गर्न सकिन्छ । 
एउटा कागतीको रसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् । यसलाई तपाइँले घामभन्दा टाढा बसेर गर्नुपर्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

कागतीले छालाको दागलाई हटाउँदछ । 
छालामा विभिन्न कारणहरुले गर्दा दाग बस्न सक्दछ । जस्तै : घाउ , रोगहरु , आहार , सूर्यको किरण आदि । जस्ले हाम्रो सौन्दर्यतामा कमी ल्याउँदछ । तपाइँले आफ्नो छालाको दागलाई कागतीको मद्धतबाट सजिलै हटाउन सक्नुहुन्छ । यसको लागि थोरै कागतीको रसलाई दाग भएको छालामा लगाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् । घामले यसको असरलाई उल्टो पनि गर्न सक्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

कागतीको प्रयोगले नङ्गलाई सीधा र सेतो बनाउन सकिन्छ ।

कागतीलाई तपाइँले नङ्गलाई सीधा बनाउन तथा यसको दागलाई हटाई सेतो बनाउनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि केही कागतीको रसलाई २ चम्चा जैतुनको तेलसँग मिसाउनुहोस् । त्यसपछि यसलाई नङ्गमा प्रयोग गर्नुहोस् ।

प्रकाशित : शनिबार, माघ २२, २०७३१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् केहि टाउको दुखाईका प्रकार, जुन भेलेर पनि कहिल्यै बेवास्ता नगर्नुस् !, खतरनाक हुन सक्छ