यसरी तपाईले गर्ने पिसाव संख्याबाटै थाहा हुन्छ, तपाई कति स्वास्थ्य हुनुहुन्छ !

तपाइँले गर्ने पिशाबको सँख्या स्वास्थ्यसम्बन्धि जानकारी पाउनको लागि धेरै नै महत्वपूर्ण छ ।

एकजनाले कति पटक पिशाब गर्नुपर्छ ?
तपाइँले यति पटक पिशाब गर्नुपर्छ भन्ने कुरा उल्लेख गरिएको छैन । तर दिनमा ४ पटक वा बढिमा ७ पटक मानिसहरुले पिशाब फेर्ने गर्दछन् । यदि तपाइँ ७ पटक भन्दा बढि पिसाब गर्नुहुन्छ , र चिन्तित अवस्थामा हुनुहुन्छ , भने नआत्तिनुहोस् । तपाइँको बारबार पिशाब गर्नुपर्ने अवस्थाको धेरै कारणहरु हुनसक्छन् । यो तपाइँको शरीरमा भएको पानीको मात्रामा पनि निर्भर गर्दछ ।
यदि तपाइँले धेरै पानी पिउनुभएको छ भने पनि तपाइँले धेरै पिशाब गर्नुहुन्छ । त्यसैगरी चिया , कफि , रक्सी आदि पिउनाले पनि तपाइँ धेरैचोटि बार्थुम जानुपर्ने हुन्छ । केही मानिसहरुको मुत्राशय संवेदनशील हुनुको कारणले गर्दा पनि धेरै चोटि पिशाब फेर्ने गर्दछन् । तर कोहि मानिसहरु मुत्राशय फुट्ला जस्तो नभएसम्म पिशाबलाई रोक्नसक्ने क्षमता भएका हुन्छन् ।

के हामी बारम्बार पिशाब फेर्न सक्छौं त ?
यदि तपाइँले प्रत्येक दिन २ लिटर पानी पिइसकेपछि ११ पटक वा त्यसभन्दा बढि पिशाब फेर्नुहुन्छ भने , यसले तपाइँको स्वास्थ्यमा केही समस्या भएको कुरालाई सङ्केत गर्दछ । धेरै पिशाब फेर्नुको कारण मुत्राशय आवश्यक भन्दा बढि सक्रिय हुनु हो ।

पिशाबसम्बन्धि अरु तथ्यहरु :

  •  दुखाईको महशुश नभएसम्म पिशाबलाई रोकिराख्नाले स्वास्थ्यमा कुनै हानी हुदैंन ।
  • पिसाबलाई रोक्ने बानी भएमा यसले मुत्राशयमा संक्रमणलाई बढाउँदछ ।
  • पिशाबको साधारण रङ्ग पहेंलो हुन्छ ।
  • केही खाद्यपदार्थहरुले पिशाबको रङ्ग परिवर्तन गर्दछ । जस्तै:कालो ऐंसेलुले पिशाबलाई गुलाबी रङ्गमा परिणत  गर्दछ ।
  •  कुरिलोले पिशाबलाई गन्हाउने बनाउँदछ ।
  •  पिशाबमा ९५% पानी हुन्छ ।
  • पिशाबमा मिठो सुगन्ध आएमा यसले मधुमेहलाई सङ्केत गर्दछ ।
  •  हामीले फेर्ने पिशाबको औसत समय ७ सेकेण्ड हुन्छ ।
  • धेरै उमेर भएपछि पिशाब फेर्ने क्षमता पनि कमजोर हुन्छ ।
  • उमेर बढ्दै गएपछि पिशाब पनि धेरै फेर्नुपर्ने हुन्छ ।

पिशाबको कारणले गर्दा निन्द्रामा अवरोध नल्याउनको लागि सुत्नुभन्दा अगाडि धेरै तरल पदार्थ नपिउनुहोस् ।

प्रकाशित : आइतबार, माघ १६, २०७३१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७० वर्षको वृद्ध महिला पनि ३० वर्षको जवान देखिने घरेलु उपाए – अतिनै चामत्कारिक औषधी !