‘रिङ्गकल’ अर्थात् चाउरी परेको मुखको छाला ३ दिनमै ठिक पार्नुस्, मात्र २ वटा घरेलु बस्तुको प्रयोगले

एजेन्सी – वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो समयसम्म जवान देख्न मद्धत गर्दछ ।

काँक्रो र अण्डाको सेतो भागको महत्व :
काँक्रो :
काँक्रोले छालालाई प्राकृतिक तरिकाले पुनः बनाउन मद्धत गर्दछ । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसमा पाईने भिटामिन ‘ सी ’ र ‘ के ’ले छालालाई चाउरी बनाउने र खुकुलो पार्ने कारक तत्वको रुपमा रहेको मुक्त कण ( फ्री रेडिकल ) हरुलाई नष्ट गर्दछ । त्यसैगरी काँक्रोमा पाईने सिलिकाले छालाको चाउरीपनबाट बचाउन महत्वपूर्ण भुमिका खेल्दछ ।

अण्डाको सेतो भाग :
अण्डामा छालालाई तन्काउने गुण हुन्छ । त्यसैले अण्डा पनि छालाको लागि धेरै फाईदाजनक छ ।

बनाउने विधि :
काँक्रोलाई २ आधा भागमा काट्नुहोस् । त्यसपछि काँक्रोको एक आधा भागलाई खुर्काउनुहोस् । त्यसपछि यस काँक्रोलाई १ ईन्चभन्दा सानो हुनेगरी स–सानो टुक्रामा काट्नुहोस् । र यस टुक्रालाई ब्लेन्डरमा मध्यम गतिमा हालेर २ मिनेटसम्म फिट्नुहोस् । त्यसपछि यसलाई छानेर कचौरामा हाल्नुहोस् । र यसमा १ वटा अण्डाको सेतो भागलाई मिसाउनुहोस् ।

यस मिश्रणलाई शरीरको  छालालाई तन्काउन आवश्यक ठाउँमा लगाउनुहोस् । र १५ मिनेटसम्म त्यसै छोडी चिसो पानीले पखाल्नुहोस् । छिटो परिणामको लागि हप्ताको १ वा २ पटक यसको प्रयोग गर्नुहोस् ।

प्रकाशित : बुधबार, माघ १२, २०७३१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काटेको आलुको टुक्रा मुख तथा शरीरमा १०–१५ मिनेटसम्म राख्नुहोस् अनि १६ मिनेटपछि नजिता आफै हेर्नुस्