काटेको आलुको टुक्रा मुख तथा शरीरमा १०–१५ मिनेटसम्म राख्नुहोस् अनि १६ मिनेटपछि नजिता आफै हेर्नुस्

एजेन्सी – आलुमा पोषणतत्व ( भिटामिन ) र खनिज पदार्थहरु प्रयाप्त मात्रामा पाईन्छ । त्यसैले आलुको प्रयोग हाम्रो स्वास्थ्यको लागि लाभदायक छ । आलुलाई बनाएर खाने मात्र नभई छालामा राखेर पनि प्रयोग गर्न सकिन्छ । र यसले छालामा आश्चर्यजनक प्रभाव पार्दछ ।

जस्को विधि निम्नानुसार छ:

विधि :
आलुलाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि यसलाई छालामा राख्नुहोस् । र १०–१५ मिनेट पछि निकालेर मन्तातो पानीले छालालाई पखाल्नुहोस् । यसलाई दिनहुँ प्रयोग गर्नुहोस् । यसबाट तपाइँले छालामा हुने परिवर्तनलाई छिटै देख्न सक्नुहुनेछ ।

आलु छालाको लागि राम्रो हुनुको कारणहरु :
भिटामिन ‘सी’ – आलुमा पाईने भिटामिन सी छालाको स्वास्थ्यको लागि धेरै नै महत्वपूर्ण छ । यसले घाउलाई निको पार्न मद्धत गर्दछ । त्यसैगरी यसले छालामा हुने समस्याहरु जस्तै : दाग , सुख्खा छाला आदिबाट पनि छुट्कारा दिलाउँछ ।

भिटामिन ‘बी’ – भिटामिन बी ले छालाको रङ्गलाई परिवर्तन हुनबाट बचाउँछ । त्यसैगरी यसले छालालाई सुन्निने समस्याबाट बच्न पनि मद्धत गर्दछ ।
आईरन : आईरनले छालालाई प्राकृतिक चमक र रङ्ग प्रदान गर्दछ ।
क्याल्सियम : क्याल्सियमको कमीले छालासम्बन्धि विभिन्न रोगहरुलाई निम्त्याउँदछ । आलुमा प्रयाप्त मात्रामा क्याल्सियम पार्इृृन्छ । तसर्थ ,स्वस्थ छालाको लागि आलुको प्रयोग गर्नुहोस् ।
कपर : कपरले छालालाई तन्काउँदछ । र यसले गर्दा कोलेजन र ईलास्टिनको उत्पादनमा असर पुग्दछ ।

 

प्रकाशित : बिहिबार, माघ १३, २०७३१०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहान यो पिउनुस् अनि अर्कै दिन १० वर्ष उमेर कम भएको महशुस गर्नुस्!: रहस्यात्मक प्राकृतिक औषधी