घरमै बसेर यस्तो जुस बनाउनुस्, पित्ताशयको पत्थरी हटाउनुस् [ आयुर्वेदिक उपाय ]

एजेन्सी – पित्ताशय एउटा सानो नासपाती आकारको थैली जस्तो देखिन्छ । यो कलेजोको तल हुन्छ । पित्ताशय खाना खानु अगाडि पित्तले भरिएको हुन्छ भने खाना खाईसकेपछि खाली हुने गर्दछ । पित्त बाहिर निस्किने सङ्केत आएपछि नलीको माध्यमबाट सानो आन्द्राबाट  बाहिर आउने गर्दछ । पित्तले खाना र विशेष गरी बोसोको पाचन प्रक्रियामा मद्धत गर्दछ ।

पित्ताशयको पत्थरको शल्यक्रिया गर्ने निधो गर्नुअघि तपाइँले केही घरेलु उपायलाई अपनाउन जरुरी छ । जस्ले तपाइँको पित्ताशयमा पत्थरको समस्या , र यसको लक्षणहरु जस्तै : पेट दुख्ने , काँध दुख्ने , वाकवाक आउने , अपच लाई निको पार्न सक्नुहुन्छ । तपाइँलाई आज हामी प्राकृतिक जुसलाई तयार गर्ने विधिबारे जानकारी दिन्छौं । जस्ले तपाइँको पित्ताशयको पत्थरलाई हटाउन मद्धत गर्दछ । जुन निम्नानुसार छ ।:

१) सागसब्जीको जुस :
चुकन्दर , गाजर र काँक्रोलाई मिसाएर जुस बनाउनुहोस् । र यसको प्रयोग दिनको दुईपटक गर्नुहोस् ।

२) कागतीको जुस :
तातो कागतीको पानी पिउनाले शरीरमा चमत्कारपूर्ण फाईदा मिल्दछ । यसलाई बिहानको खाजा अगाडि पिउनुहोस् । बिहान कागतीको पानी पिउने बानीले तपाइँको पित्ताशयको पत्थरलाई हटाउन मद्धत गर्दछ । साथै प्रयाप्त मात्रामा पानीलाई पिउन भने नर्बिसनुहोस् ।

३) बेसार :
१ चम्चा बेसारको धुलो र महलाई मिसाई खानुहोस् । यसले पित्ताशयको पत्थरलाई हटाउनुको साथै बाहिर निकाल्न मद्धत गर्दछ ।

४) सिधे नुन :
१ चम्चा सिधेनुनलाई एक कप पानीमा मिसाएर पिउनुहोस् । यसलाई राति पिउनुहोस् । यसले पित्ताशयको पत्थरलाई बाहिर निकाल्न मद्धत गर्दछ ।

५) अमिलो फलफूल :
अमिलो फलफूलमा पेक्टिन पाईन्छ । जसले तपाइँको पित्ताशयको पत्थरलाई हटाउँदछ ।

६) स्याउको जुस र एप्पल सिडार भिनेगार:
स्याउमा पाईने पदार्थले पित्ताशयको पत्थरलाई हटाउन मद्धत गर्दछ । स्याउको जुस एप्पल सिडार भिनेगार भन्दा प्रभावशाली हुन्छ । स्याउमा पाईने म्यालिक एसिडले पत्थरलाई नरम पार्ने काम गर्दछ । त्यसैगरी एप्पल सिडार भिनेगारले नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ । जुन पित्ताशय पत्थरको कारक तत्व हो । यसको जुसलाई निम्नानुसार बनाउन सकिन्छ । :
सामाग्रीहरु :
१) १ गिलास स्याउको जुस
२) १ चम्चा एप्पल सिडार भिनेगार

विधि :
एप्पल सिडार भिनेगारलाई एक गिलास स्याउको जुसमा मिसाई दिनको एकपटक पिउनुहोस् । पित्ताशय पत्थरको कारणले हुने पिडाबाट छुट्कारा पाउने यो निकै राम्रो उपाय हो ।

७) कागती, जैतुन र लसुनको जुस बनाउने तरिका :
सामाग्रीहरु :
१) ३० मि.लि. जैतुनको जुस
२) ३० मि.लि. कागतीको जुस
३) ५ ग्राम लसुनको पेस्ट

विधि :
माथिका सबै सामाग्रीहरुलाई मिसाई जुसलाई तयार गर्नुहोस् । र यसलाई विहान खाली पेटमा पिउनुहोस् । यसलाई नियमित रुपमा ४० दिनसम्म पिउनुहोस् ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७३१८:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘रिङ्गकल’ अर्थात् चाउरी परेको मुखको छाला ३ दिनमै ठिक पार्नुस्, मात्र २ वटा घरेलु बस्तुको प्रयोगले